no-image

गाउँमा फर्शुराम भनेर चिनिने त्यस गाउँमा फुर्तिला युवा फर्शबहादुर थापा उमेर भर्खर १९ पुगेर २० बर्षमा लागेका थिए । उनी किशोर अवस्था देखि नेपाली सेना, नेपाल प्रहरी वा

सशस्त्र प्रहरीको लाहुले बन्ने धोको राख्दै आएको र त्यही अनुशारको शारिरीक विकास गर्दै आएको उनका काका महेन्द्र थापा बताउँछन् । उनका अनुसार फर्शुरामले कात्तिक २३ गते

सशस्त्र प्रहरी गुल्मी उर्लेनी ब्यारेकबाट भर्ना फारम भरेका थिए । सोही भर्ना प्रकृयाका लागि शुक्रबार विहान उनी कपिलवस्तु जान हिडेका थिए । केहि दिन यता घरमा दौडधुप एक्सरसाईज

गर्दै आएका थिए । विहान गाडी चढ्दा उनी लाहुरे कै पोजमा देखिएको स्थानीयवासी बताउँछन् । रामराज्य माध्यामिक विद्यालय दोहलीमा एसएसली गरेर उनी काठमाडौंमा उच्च शिक्षा

लिन गएको र लकडाउनको अवधिमा घर फर्किएका थिए । त्यसरी सशस्त्र प्रहरीमा भर्ना हुने आत्माविश्वास बोक्दै र सपना साँच्दै हिडेका फर्शुराम साँझ उनै लाहुरे अर्थात नेपाली सेनाको

टुकुडी अघि पछि हुँदै शव बनेर फर्किएको दृश्य देखेर रुवावासी चलेको थियो । शुक्रवार साँझ करिव ७ बजेतिर गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्णराज बिष्ट सहितको

टोली निस्तेखोला र अँधेरी खोलाको दोभान घाटमा पुग्दा चिसोले कठ्याङ्ग्रीएका झिजा–मुढा बालेर आगो ताप्दै बसेका थिए जीप दुर्घटनाबाट शोकाकुल ईस्माको हुला गाउँका

बासीन्दाहरु । उज्यालोका लागि पारि मुसिकोट नगरपालिकाको बाङ्गे तलको एउटा होटलबाट सयौं मिटर तार जोडेर बगरको ठाउँ ठाउँमा बत्ति पनि बालिरहेका थिए । कसैले कपाल

खौरिएर सेतो बस्त्र पहिरिदै थिए भने कसैले कपाल खौरिन सुरु गरिरहेका थिए । कोहीको रुवावासी चलिरहेको थियो । निस्तेखोलाको किनारमा ५ वटा शव लहरै चित्तामा राख्ने तयरी

गरिएको थियो भने उपचार गर्न तम्घास लैजाने क्रममा बाटैमा मृत्यु भएका एक जनाको शव पोष्टमार्टम गरेर ल्याउँदा साँझसम्म कुरिरहेका थिए ।

प्रकाशित मिति November 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस