no-image

पोखरामा राजावादीहरुले प्रदर्शन गरेका छन् । ‘राजा आऊ, देश बचाऊ’ भन्दै बुधबार उनीहरुले प्रदर्शन गरेका हुन् । मोटरसाइकल र गाडीसहित र्‍यालीमा सहभागी भएका राजावादीहरुले नेपालमा राजतन्त्रको पुनर्स्थापना

गर्न माग गरेका थिए । बुधबार नै जनकपुरमा पनि राजवादीहरुले प्रदर्शन गरेका थिए । यसअघि बुटवल, धनगढी, कोहलपुरलगायतका सहरमा पनि उनीहरुले प्रदर्शन गरेका छन् ।

भनिन्छ, प्रेम अन्धो हुन्छ तर सधैं होइन । धेरैजसो अवस्थामा व्यक्ति प्रेममा परेपछि पनि आफ्नो जिम्मेवारी र परिवारलाई छोड्न सक्दैनन् । एक महिलाले आफ्नो यस्तै कहानी ‘द गार्जियन’ सँग सेयर गरेकी छिन् । एक विवाहित व्यक्तिकी प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको पत्र यस्तो छः

मलाई थाहा छ, तिम्रो अस्तित्व छ । तिमी उसको नाम, उसको बच्चा, उसको घर र उसको सार्वजनिक जीवनकी साझेदार हौ जबकी म केही चोरिएको पल बाँच्छु सायद जसको कुनै अस्तित्व नै छैन । म उसको सोच, उसको सपना र उसको भावना साझा गर्छु, त्यो सबै कुरासँग अवगत छु जुन

ती व्यक्तिको मनमा छ तर म त्यो सबैकुरा गर्न सक्दिनँ जुन उसको सार्वजनिक जीवनसँग सम्बन्धित थियो । तिमीहरुको विवाह भएको २० वर्ष बढी भइसकेको छ । तिमीहरुले विभिन्न नीजि र पारिवारिक उद्देश्य हाँसिल

गरिसकेका होलाऊ । सँगै घर व्यवहार चलाउनु, आफ्ना सबैभन्दा प्रिय बच्चाहरुलाई प्रेम गर्नुलगायतका अन्य विभिन्न कुराहरु…. तर केही कारणले वर्षौं अघि तिम्रो ती व्यक्तिका लागि प्रेम समाप्त भइसकेको छ ।

तिमी सायद आफ्नो लागि सोचिएको जीवन बाँचिरहेकी छौ होला तर प्रेम नै नभएको सम्बन्धमा के तिमी खुसी छौ ? के तिमी उसलाई प्रेम गर्छौ ? के उसले प्रेम पाएको भए म भएठाउँ आउँथ्यो होला, के उसलाई मेरो आवश्यकता

पर्दथ्यो ? म तिमीलाई दोष दिइरहेकी छैन तर तिमीले सायद उसलाई प्रेम गर्न छोडिदिएकी छौ । तर तिमी देखाउनकै लागि एक प्रेमविहिन विवाहलाई किन निभाइरहेकी छौ ?

मैले तिम्रो श्रीमानसँगको सम्बन्ध तोडिसकेकी छु किनभने म गोप्य सम्बन्ध अघि बढाउँदा आजित भइसकेकी छु । ऊ आफ्नो सन्तानलाई आहत पुर्याउन चाहँदैनथ्यो र यस्तो नगरी हामी कसरी सँगै अघि बढ्न सक्छौं भन्ने प्रश्नको जवाफ खोजिरहन्थ्यौं ।

जो व्यक्तिलाई म माया गर्दथेँ उसले आफ्नो जीवन टुक्रामा बाँच्नुपर्छ भन्ने कुरा सोचेरै म दुःखी हुन्थेँ । मैले कुनै निकासा देखिरहेको थिइनँ न नै उसले । उसले कुनै पनि स्थितीमा आफ्नो बच्चा गुमाउन चाहँदैनथ्यो । उसले मसँगको बिछोड सहन सक्थ्यो, बच्चासँग सक्दैनथ्यो ।

तिमी उसलाई त्यो प्रेम किन दिन सक्दिनौं जुन उसलाई आवश्यक छ ? ती उसलाई त्यो साथ र हेरबिचार किन दिन सकिरहेकी छैनौं जुन प्रेम गरेपछि पाइन्छ । म तिमीलाई ती व्यक्तिलाई छोड्न भनिरहेकी छैन । मात्र यो भन्न चाहन्छु कि तिमी उसलाई बुझ र प्रेम गर र उसलाई पनि आफैंलाई बुझ्ने र प्रेम गर्न देउ । तिमीहरुको विवाह नामको मात्र नरहोस् ।

मलाई केही पनि भन्ने अधिकार त छैन किनभने मलाई यो कहानीको एउटा पाटो मात्र थाहा छ । तर म जुन व्यक्तिलाई चिन्छु, उसले यदि प्रेम पाएको भए ऊ कहिले पनि म भए ठाउँ आउँदैनथ्यो । उसले अहिले पनि तिमीलाई नै रोज्छ किनभने उसले तिमीलाई आफ्नो जिम्मेवारी ठान्छ तर उसलाई प्रेमको कमी महसुस हुन्छ ।

तिमीहरुको विवाहमा प्रेम कहिले समाप्त भयो र किन ? तिम्रो श्रीमानबारे मलाई जति थाहा छ, उसले कहिले पनि धोका दिन सक्दैन । ऊ त्यस्तो प्रकृतिको व्यक्ति नै होइन । एक विवाहित पुरुषकी प्रेमिका भएको नाताले, जसले

इमान्दारिता माग्ने कुनै अधिकार छैन, तरपछि ऊ इमान्दार थिए र मैले आशा गरेभन्दा एक कदम अघि बढेर मलाई सुरक्षित महसुस गराउँथ्यो । तिमीले उसको इमान्दारीता कसरी गुम्न दियौ ?

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि

उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो । अफलाईन म्यासेज गर्न मन लागेन । घरबाट अफिस निस्कनै लाग्दा श्रीमतीले ढोकामा उभिएर भनी छोरालाई सन्चो छैन के गर्ने होला ?

कुनै चासो नै नदेखाई भनें, जंचाउन लैजाउ न त ।अफिस पुगेर फेरी फोन गरें उसलाई, मोवाईल अफ नै रहेछ । काममा मन नै लागेन, क्यान्टीनमा गएर एक कप चिया र चुरोट पिएं । मन साह्रै असान्त थियो, उ देखेर रिस पनि उठ्यो कमसेकम मेरो मनले के सोच्ला भनेर त बुझ्नु पर्ने नी ।

२ बज्यो यो बिचमा मैले उसको अफ भएको मोबाईलमा धेरै पटक फोन गरें । झट्ट सम्झीएं, उ कहिले काहीं कुरा गर्दा गर्दै बिना प्रशंग बोलिदिन्छे, ‘मलाई जीन्दगी प्रती मोह छैन, म कुनै पनि बेला मर्न सक्छु । तिमीलाई त म मरेको थाहा पनि हुँदैन ।’ मैले यो कुरालाई कैलेहि गम्भीर रुपमा लिएको थिहिन, ‘नचाईने कुरा नगर किन मर्ने ।

यो भन्दा बढि मैले कैलेहि केहि भनिन । उ किन बारबार मलाई यो कुरा सुनाउँथी मलाई थाहा छैन, हुन सक्छ उ सुन्न चाहन्छे म यो भनुँ की , ‘तिमी मरेउ भने म एक्लो हुनेछु सन्ध्या ।’ तर यो मैले कैलेहि भनिन । हिजो देखि उसको फोन अफ हुँदा डर लाथ्यो, कतै उसले आत्म हत्या त गरिन ।

हतपत म्यासेज गरें, काहाँ छौ तिमी ? फोन पनि अफ छ, साह्रै याद आईरअ‍ेको छ तिम्रो ।म्यासेज सेण्ट भयो, झट्ट सम्झीएं म्यासेज नगरेको भए हुने, साच्चै उसले आत्महत्या गरेकी भए यो म्यासेजले पुलिसको झमेला थप्न सक्छ । रिप्लाई आएन म्यासेजको । बिरामीको बहाना बनाएर छिट्टै निस्कीएं अफिसबाट ।

घर पुग्दा श्रीमती छोरालाई औषधी ख्वाउँदै थिई, देख्नासाथ सोधि कीन छिटो आउनु भयो ? तेस्सै मैले छोटो उत्तर दिएं । कपडा फेरें, श्रीमतीले चिया दिंदै भनि खाजा खानुभयो ? अं खाईसकें फेरी अर्को झुट बोलें । हेक्का नै भएन तिमीले खाएउ त भनेर सोध्न पनि । उसो त म श्रीमतीले के खाई ,के लगाईमा ध्यान पनि दिंदीन ।

उसले चीत्त दुखाईन होली आज पनि, बानि परिसक्यो मेरो स्वभावको उसलाई । श्रीमती गै सकेपछि सम्झें छोरालाई औसधी ख्वाउँदै थिई, के भएको रहेछ भनेर सोध्नु पर्ने मैले । मेरो ध्यान सन्ध्याकै फोनमा थियो । यस्तो त कैलेहि

भएको थिईन म । सन्ध्या मेरी फेसबुक फ्रेण्ड हो । ब्याचलर पढ्दै गरेकी २० बर्षकी सन्ध्यालाई मैले भेटेको पनि छैन, फोनमा कुरा हुन थालेको २ महिना भयो, तर म झापा र उ काठमाडौं भै दिंदा भेट्ने रहर रहरै बनेको छ ।

म भन्दा १४ बर्ष कान्छी त्यो केटीले म मा ठुलै प्रभाव जमाएकी छ । उ भित्रको बिचार, कुरा गर्ने शैली र मलाई बुझ्ने क्षमताले गर्दा म आजकल उसकै उमेर छेउछाउको पागल प्रेमी बनेको छु ।

उसको र मेरो सबै भन्दा मिल्ने स्वभाव किताव पढ्नु हो । उसलाई साहित्यमा साह्रै रुचि हुनु र म अंग्रेजी साहित्यको प्रोफेसर हुनुले पनि हामीलाई बाँधेको छ, जस्तो लाग्छ ।

फेरी श्रीमतीले ध्यान भङ्ग गरिदीई, एकछिन बाबु संग बसिदिनुस् न, म पसल जानु छ । हजारको नोट दिदैं भनें, जाउ म हेर्छु । पर्दैन पैसा म संग नै छ, उ ढोकाबाट निस्केको हेरिरहें ।मेरी श्रीमती साह्रै सोझी छ, कुनै कुराको गुनासो र माग गर्दिन । सबैले उसको रुप र गुणको तारिफै गरेको सुन्छु ।

आमा गर्विलो हुँदै भन्नुहुन्छ, मैले हेरेर ल्याएकी बुहारी पो हो त, यति माया त छोरीले पनि गर्दैनन् । एकदमै कम बोल्ने स्वभावकी छ उ । मास्टर्स गरेकी मेरी श्रीमतीको अहिले सम्म फेसबुक छैन ।

सिउँदो भरि सिन्दुर लगाउँछे उ, आज सम्म देखेको छैन उसले अध्यारो अनुहार लगाएको । ठुला ठुला आँखा, मिलेको दाँत, बाधेपनि बाटेपनि उत्तीकै सुहाउने उसको लामो कपाल ।

यी सबै कुराले उ म भन्दा दसौं गुणा राम्री छ । सबै साथी भन्छन् भाग्यमानी रैछस्, भाउजु जस्तो असल श्रीमती पाईस् । हाम्रो जस्तो कचकचे बुढी पर्यो भने लाईफ तेसै खेर जान्छ ।

मलाई अरुको श्रीमतीले श्रीमानलाई गरेको ब्यबहार देख्दा म भाग्यमानी नै हुँ की झैं पनि लाग्छ । माया लाग्छ मेरी श्रीमतीको मलाई । तर पनि मनमा उसको स्वभावले गर्दा केही दुरी बढेको झैं लाग्छ ।

उ टीपीकल बुहारी छ, म छु मनको चन्चल । श्रीमतीको यो खाले स्वभावले गर्दा म पनि घरमा टीपीकल हजबेण्ड बनेको छु । श्रीमती कैलेहि ठुलो स्वरले नबोल्ने, जीस्काए

पनि संधै लाज मान्ने, अह्राएको काम खुरुखुरु गर्ने, जीद्दी नगर्ने, हुँदा पनि केटा मान्छेले रित्तो महशुष गर्दो रहेछ । अनि कहाँ बसुलाँ भनेर आएको त । तिमी त्यति टाढा बाट मलाई भेट्न आएको छौ, मैले कोठामा पनि लगिन भने त

तिमी माथि अन्यानै भै हाल्यो नी उ जीस्कीई । ट्याक्सीमा उसको चावहिलमा रहेको कोठामा पुगें । सिङ्गै फ्याट लिएर बसेकी रहिछ । फ्ल्याटको सजावट हेर्दा हुनेखाने परिवारकी छोरी रहिछे भन्ने लाग्यो ।

आफुले कलेज पढ्दा एउटा कोठा लिएर स्टोपमै खाना बनाएर खाएको दिन सम्झें । खना खायौं, उसको जीस्कने बानी, चन्चले स्वभाब, बैंसालु यौवन सबै मेरो अगाडी थियो । तिमी एकछिन सुत म कपडा धुन्छु भनि उसले । रातभरीको अनिदो थिएं, उसको बेडमा निदाएं । २ बजे उसले उठाएर भनि अव राति सुत मेरो सपिङ गर्नु छ, सिटी सेन्टर जाउँ ।

हामी कमलपोखरी स्थीत सिटी सेन्टर पुग्यौं, उसले चाहिएजती सामान किनी, १५ हजारको बिल भएछ, मैले नै तिरिदीएं ।मुभी हेरेर फर्कने सल्लाह भयो, फिल्म सकेर राती फर्कीयौं हामी । बाहिरै खाना खाएर जाने भन्न थाली उसले, क्यान्डील नाईट डिनरको उसको रोमाञ्चकतामा मैले साथ दिएं ।

कोठामा फर्कीए पछि उ पल भरको लागि म संग छुट्न नचाहेझै टांस्सीरहि । ममा फेरी एउटा बैसको दिन फर्कीएको थियो । उसले मलाई गरेको मायामा एक तमासको भएको थिएं । आजै भेटेकी युवती मलाई जन्मौं पुरानी प्रेमीका लाग्दैथिई । हामी एउटै ओछ्यानमा थियौं, मैले एक पटक पनि आफ्नो ५ बर्षको छोरा र शुशिल श्रीमतीलाई सम्झीईन ।

पश्चतापको त कुरै थिएन म सन्ध्यालाई माया गर्थे ।समर्पणकै कुरा गर्ने हो भने म एउटा बिबाहितले के त्यागें होला र जबकी एउटा अन्जान ब्यक्तीको अंगालोमा बिश्वासको भरमै आफुलाई हराईदीई उसले । यो मन, तन र जीवनमा तिम्रो पुरापुर अधिकार छ समीर उसले बढो भावुक भएर भनेकी थिई ।

बिहान उठ्नासाथ उसले आज नगरकोट घुम्न जाने भन्न थाली । मलाई यो शहरमा कसैले नचिन्ने हुँदाँ स्वतन्त्र पंक्षी भएको थिएं । १० बजे नगरकोटको लागी निस्कीयौं । दिनभरी घुमेर बेलुका त्यहींको रिसोर्टमा बसेउँ । म सन्ध्या जस्तै श्रीमती चाहन्थें तर समयले मलाई बेग्लै श्रीमती जुराएको थियो ।

भोलीपल्ट बिहान १० बजे घरबाट आमाले फोन गर्नुभयो, छोरा लडेर निदारमा ५ वटा टाँका लगाएको छ , हस्पीटलमा राखेको छ भन्ने खवरले घर जानु पर्ने भयो । नगरकोटको रिसोर्टको बिल बुझाएर हामी फर्कीयौं । म

छोराकोे निदारमा टाँका लगाउनु परेको कुराले तनावमा थिएं, सन्ध्या म आज फर्कदै छु भन्ने कुराले उदास थिई । बाटोमा सामान्य कुरा मात्र भयो । सिधै नयाँ बसपार्क गएर रात्रीबसको टीकेट लिएं ।

उसले आँखा भरी आँसु पारेर भनी तिम्रो नामको सिन्दुर त दिन्छौ दिंदैनौ । मलाई तिम्रो नामको औंठी लगाईदेउ । उल्झन थपियो अर्को, पैसा कम थियो, बैंक खोजेर २० हजार झिकें र उसको ईच्छा अनुसारको औठी किनीदिएं र लगाईदीएं । उदास आँखाले बिदा गरि मलाई सन्ध्याले ।

छोरालाई घरमा ल्याई सकेको थाहा पाएपछि सिधै घर पुगें । अफिसको काम छ भनेर सन्ध्यालाई भेट्न पुगेको थिएं । सोझी श्रीमतीले म पुग्नासाथ स्पस्टीकरण दिई, हजुर कामले काठमाडौं गएकाले मैले आमालाई बाबु लडेको कुरा नभन्ने भन्दै थिएं, आमाले मान्नु भएन ।

मनमनै खुशी भएं स्पस्टीकण त मैले दिनु पर्ने तर तक्दीर बलियो मेरो । दिन फेरी सामन्य हुन थाल्यो उहि अफिस, यहि घर ,उहि दिनचर्या । फेरीएको थियो त सन्ध्या संग कुरा गर्ने तरिका । त्यो २ रात उ संगै बसेपछि मलाई उ संग खुलेरै बोल्न मिल्ने वातावरण बनेको थियो ।

उसका म्यासेज कैले आउँछौ र तिम्रो याद आउँछ साह्रै भन्ने शब्दले नै भरिन्थे । एक दिन उसले दिउँसो फोन गरि र रुन्चे स्वरमा भनि समीर मेरो ममीको किड्नीमा स्टोन छ मैले यो कुरा तिमीलाई भनेको थिईन । के गर्ने गर्ने भएको छु आत्तीएर ।

मलाई यो कुराले नराम्रो लाग्यो नआत्तीउ केही उपाए लाग्छ भन्दै थिएं उसले मेरो कुरा पुरा नहुँदै भनि भएको पैसा ममीको उपचारमै खर्च भएको छ, भन्दा भन्दै ऋण पनि पाईएन । प्लीज हेल्प गरन म तिमीलाई तिर्छु ।

प्रकाशित मिति November 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस