no-image

सल्यान ।

सल्यानमा वडाध्यक्षले अर्काको श्रीमती भगाएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइले गाउँकै गौरी बोहरालाई भगाएर उनिसँग बिहे गरेका छन् ।

यो सहित उनको तेस्रो विवाह हो । यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमती पनि थपेर तीनवटी श्रीमती बनाएका हुन् ।

उमेरले उनिहरु दुवैजना ५२ वर्षका छन् । वडाध्यक्षका पहिलाको श्रीमतीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् । त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराको ५ बच्चाबच्ची छन् ।

गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ । उनको नाम समितिमा

नछुटाउँदा स्थानीयले पहिलेदेखि नै शंकाको दृष्टिले हेर्न गरेका थिए । गाउँभरी हल्ला भएपछि बिहे गरेको हुँ: वडाध्यक्ष कुमाई यता वडाध्यक्ष ईन्द्र कुमाईले आफुले तेस्रो बिहे गरेको

स्वीकार गरेका छन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘हाम्रो पहिलेदेखि मायाप्रेम बस्दै गयो, गाउँमा सबैले थाहा पाए । उसको श्रीमानले उसलाई मार्ने धम्की दिइरह्यो ।

उसको घरबाट निकाल्यो, अनि म बिहे गर्न बाध्य भए ।’
उता गौरीको श्रीमान् नोखिराम वोहराले भने अहिले न्यायको लागि भौतारी रहेको बताएका छन् ।

श्रीमती परपुरुषसँग भागेपछि अब नावालक छोराछोरी कसरी पाल्ने भनेर आफुलाई ठुलो चिन्ता बढेको उनले बताए । लेकालीअनलाइन

प्रकाशित मिति November 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस