no-image

चितवन ।

देशको बजेट कहाँ खर्च भइरहेको छ ? कसरी खर्च भइरहेको छ ? चितवन देवघाटको यो चित्रले देशको विचित्र विकासलाई प्रस्ट देखाउँछ । जनताबाट संकलन गरिएको एक–एक रुपैयाँ राजस्वबाट चितवनमा सडक पिच गरिएको छ, जहाँ सडकको

बीचमै ठाउँ–ठाउँमा सालका रूख ठिंग उभिएका छन् । सकड डिभिजन कार्यालय भरतपुरले चार किलोमिटर सडक मर्मत गर्न गत चैतमा नै ठेक्का दिएको थियो। जिएमआर नेपालले सडक मर्मतका लागि भ्याटसहित ७५ लाख २० हजार ६ सय ५२

रुपैयाँमा ठेक्का पाएको थियो । अघिल्लो वर्षको बजेटमा अहिले मंसिर मा मात्र हतार–हतार यसरी पिच गरिएको छ । मर्मत गरिएको सडकको पिच पनि कतै तीन मिटर, कतै पाँच मिटर छ । सडकको दायाँ–बायाँ छोड्नुपर्ने खाली जमिन पनि छैन ।

यो सडकबाट दिनमा दुई हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्छन। धार्मिक स्थल देवघाट जाने आँपटारी–देवघाट सडक ९० वर्षदेखि सञ्चालनमा छ । तर, सडक अहिलेसम्म व्यवस्थित हुन सकेको छैन । मुग्लिन–नारायणगढ सडकबाट पश्चिम

उत्तरतर्फ वन क्षेत्र हुँदै देवघाट पुगिन्छ । तर, ठेक्काको पैसा पचाउन वातावणीय प्रभाव मूल्यांकन (इआइए) समेत नगरी सडक पिच गरिएको छ । सडक डिभिजन कार्यालयले बजेट ‘फ्रिज हुने भय’ देखेपछि इआइएविना नै हतारहतारमा सडक

मर्मत गरिएको जनाएको छ । ‘सडक मर्मत गर्नैपर्ने भयो, वातावरणीय प्रभाव मूल्यांकन गर्दा समय लाग्ने भयो, मूल्यांकन नभएसम्म रूख काट्न मिल्दैन । त्यसैले उपलब्ध ठाउँमा पिच गरिएको हो,’ सडक डिभिजन भरतपुरका प्रमुख कृष्ण

अधिकारीले नयाँ पत्रिकासँग भने । अहिले बजेट खर्च गरिएको सडकलाई फुटपाथसहित सात मिटरको बनाउन सर्भेसमेत भइरहेको कार्यालयले जनाएको छ । उता चितवनका डिभि जनल वन अधिकृत पदमराज नेपाल भने प्रक्रिया मिलाएर

ल्याएमा वनले विकासमा अवरोध नगर्ने बताउँछन । वन पनि सरकारी कार्यालय हो, सरकारी कार्यालयले विकासमा अ’वरोध गर्दैन । तर, प्रक्रिया नपुगेसम्म अनुमति दिन मिल्दैन, उनले भने । देव घाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल

सरकारी कार्यालयहरू बीच समन्वय नभएकाले समस्या आएको बताउँछन् । ‘भौतिक पूर्वाधार र वन मन्त्रालयबीच नै समन्वय छैन । ५० रूख यसरी बीच बाटोमा पर्छन् । तर, छलफल बाट यसलाई टुंगो लगाऔँ भन्दा हाम्रो तर्क कसैले सुन्दैन,’ उनले

भने, ‘जनताबाट उठाइएको राजस्वको यसरी दु’रुपयोग भएको छ ।’ न्यूनतम मापदण्ड पूरा नगरी बनाइएकाले सडक बाट दु,र्घटना समेत बढी हुने डर बढेको छ । विगतमा समेत यस सडकमा रूखमा ठो’क्किएर, हाँगा ख’सेर धेरै दु,र्घटना भएका छन् । नयाँ पत्रिका दैनिक मा खबर छापिएको छ ।

प्रकाशित मिति November 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस