no-image

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा का नून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई का’रवाही गरिनेछ । १८ वर्षकी मोलिका ट्यानले जब

पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् ।

जसका कारण सरकारिय स्तरबाटै छाेटा कपडा बिरूद्ध यस्तो कानुन ल्याउन लागेकाे हाे । प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई उ’त्तेजक तथा भड्काउ’ पहिरन लगाउन तथा पुरुषलाई जिउको माथिल्लो भाग नां’गो अर्थात् ट’पलेस हुनमा रोक लगाइनेछ ।

सांस्कृतिक परम्पराहरु तथा सामाजिक प्रतिष्ठालाई बचाउने प्रयासका रुपमा उक्त का’नून बनाउन लागिएको सरकारको दाबी छ । तर धेरै मानिसहरुले त्यसको विरोध गरेका छन् । मोलिकालाई यस्तो का’नून महिलामाथिको आ’क्रमण हो भन्ने लाग्छ ।

एक कम्बोडियाली युवाको रुपमा आफू घरबाहिर पनि सु’रक्षित महसुस गर्न चाहने र आफूलाई सहज महसुस हुने कपडा पहिरिन चाहने उनको भनाइ छ । कपडाका माध्यमबाट

आफूलाई प्रस्तुत गर्न चाहने भन्दै उनले सरकारले यसमा कुनै व्यवधान नगरोस् भन्ने उनको चाहना छ । महिलालाई छोटो स्कर्ट लगाउनबाट रोक्नुका साटो संस्कृति संरक्षणका अन्य उपाय अपनाउनुपर्ने उनको सुझाव छ ।

उनले गत वर्ष सुरु गरेको अनलाइन हस्ताक्षर अभियानमा अहिलेसम्म २१ हजारभन्दा धेरै हस्ताक्षर संकलन भैसकेको छ । साथै उक्त अभियानमा माई बोडि माई च्वाईस नामक ह्यासट्यागको प्रयोग गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा कम्बोडियामा सरकारले आम रूपमा महिलाहरु मात्र होइन गायक गायिका तथा कलाकारहरुलाई समेत उ’त्तेजक पहिरनमा रोक लगाउने गरेको छ । गत अप्रिलमा एकजना महिलालाई ६ महिनाको जेल स’जायँ

सुनाइएको थियो । उनलाई सोसल मिडियामा कपडा बेच्ने नाममा अ’श्लीलता फैलाएको आ’रोप लगाइएको थियो । आइन्दा यस्ता हर्कतहरू मान्य नहुने समेत जनाइएकाे छ । एजेन्सी ।

प्रकाशित मिति November 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस