no-image

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सस्दय तथा प्रभावशाली युवा नेता मेहश बस्नेतले पार्टीभित्रको आन्तरिक विवादका कारण पुनः पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री नबन्ने घोषणा गर्नुभएको केपी ओलीलाई आफ्नो घोषणा फिर्ता लिन बाध्य नबनाउन चेतावनी दिनुभएको छ ।

पार्टीका कार्यकारी अध्यक्षद्वारा कुर्सीको स्वार्थका कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथि संगिन आरोप लगाईएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसद समेत रहुनभएका सांसद बस्नेतले प्रधानमन्त्री ओलीले आगामी महाधिवेशपछि अध्यक्ष तथा निर्वाचनपछि

प्रधानमन्त्री नबन्ने घोषणा गरिसक्नु भएकाले भविष्यको नेतृत्व कसले लिने र कुन बाटो अवलम्बन गर्ने भन्ने विषयमा गंभिर भएर लाग्न अध्यक्ष प्रचण्ड तथा नेता नेपाललाई सुझाव दिनुभयो ।

आफ्नो दुनोमात्र सोज्याउन खोज्ने प्रवृद्धि बढेकाले त्यसलाई सच्याउँदै अगाडी बढ्नुपर्नेमा उहाँले पदलोलुपता हुनुभन्दा पनि पार्टी, जनता र मुलुकको लागि ध्यान दिनुपर्ने जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफु पुनः अध्यक्ष नवन्ने तथा प्रधानमन्त्री नवन्ने घोषणा गर्नुभएको छ । जसले गर्दा अबको अध्यक्ष तथा प्रधानमन्त्रीका दावेदार नै प्रचण्ड र नेता नेपाल नै हो ।

प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीसँग सहकार्य गरी वर्तमानलाई मध्यनजर गर्दै भविष्यको रेखा कोर्नुपर्छ । अहिले प्रधानमन्त्री माथि संगिन आरोप लगाई राजनीतिक जीवनमा नै कालो वादल लगाउने कुचेष्ठा गरे

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले घोषणा गर्नुभएको पुनः अध्यक्ष तथा प्रधानमन्त्री नवन्ने घोषणा कार्यकर्ताको दवावका कारण फिर्ता लिने अवस्था नवनाउनुस् । कार्यकर्ता उक्त घोषणा फिर्ता लिनुपर्छ भन्ने अवस्थामा पुग्न लागेका छन् ।’

गुटका नाममा विभिन्न स्वार्थ बोकी आफ्नो राजनीतिक इतिहासमा कालो धब्बा नलगाउन समेत प्रचण्डलाई सुझाव दिनुभयो ।

देशभरका नेकपाका कार्यकर्ता तथा जनता अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा रहेको उल्लेख गर्दै उहाँले जनताको जनमतलाई लत्याउने कुनै पनि कुचेष्ठा नगर्न चेतावनी दिनुभयो ।

केपी ओली नेपाली इतिहासको नायक भएको उल्लेख गर्दै ओलीकै कारण नेकपालाई करिव दुई तिहाईको जनमत प्राप्त गरेको बताउनुभयो ।

ओली, प्रचण्ड र माधवकुमार नेपालको सहमतिमा नै पार्टीलाई आगामी दिनको सुन्दर यात्रामा अगाडी बढाउनुपर्नेमा जोड दिँदै उहाँले देशी तथा विदेशी तत्वलाई फाईदा पुग्ने गरी विभिन्न नेतृत्वको स्वार्थका कारण लाखौं नेकपाका कार्यकर्ताको भविष्यमाथि अन्धकार बनाउने गतिविधि नगर्न नेतृत्वलाई अपिल गर्नुभयो ।

प्रचण्ड र माधवको नेतृत्वबाट नेकपा बाहिर जाने सम्भावना बढ्दै गएको प्रति संकेत गर्दै सांसद बस्नेत अवको नेतृत्व दोस्रो पुस्तामा जाने सम्भावना रहेको समेत औंल्याउनुभयो ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र विवाद सिर्जना गर्नुभन्दा पनि प्रधानमन्त्री ओलीसँगको सहकार्यमा आगामी एकताको महाधिवेशनको कामलाई व्यापकता दिई आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिँदै सांसद बस्नेतले द्व न्द्व र सैन्य गतिविधिबाट आउनुभएका प्रचण्डको दम्भ र अहमताको न्युनिकरण गर्न ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेतृत्वमा पुस्तान्तरणको कुरा उठाईरहनुभएको उल्लेख गर्दै सांसद बस्नेतले वर्तमान नेतृत्वले पार्टीको अभिभाकत्व गर्दै नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरणको बाटो अपनाउन आग्रह समेत गर्नुभयो ।

अहिलेका नेतृत्व ७ वर्षदखी ३५ वर्षसम्म पार्टी तथा मुलुकको कार्यकारी पदमा पुगिसक्नुभएको प्रसंग कोट्याउँदै सांसद बस्नेतले आफु बाँचुन्जेल नेतृत्वमा रहनुपर्ने भन्ने भावना त्याग्न आग्रह गर्नुभयो ।

नेतृत्वले आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा केन्द्रीत हुनुपर्नेमा अरुमाथि धेरै प्रश्न उठाउने कार्य भएकाले पार्टीमा समस्या उत्पन्न भएको बताउँदै उहाँले प्रधानमन्त्रीलाई स्वतन्त्र तथा विनाअवरोध पार्टीले काम गर्न दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति November 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस