no-image

दाङ ।

लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरस माहामारीका बीचमा सरकारले धेरै राम्रो काम गरेको हुँदा अन्य एसियन देशमा भन्दा नेपालको मृ’त्यु दर सबैभन्दा कम रहेको दावी गरेका छन ।

आइतबार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित राप्ती शान्ति उद्यानमा बुद्ध मुर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले सो दावी गरे ।

सरकारले थुप्रै काम गरेको भएपनि मिडियाहरुमा नका’रात्मक कुराहरुको मात्रै प्रचार हुने गरेको उनको आरोप छ । मुलुकमा संविधान जारी भइसकेपछिका तीन वर्षमा लगातार उच्च आर्थिक वृद्धि’दर भएको भन्दै उनले यो वर्ष विश्वमा ऋ’णात्मक असर नपरेको मुलुकमा नेपाल परेको जिकिर गरे ।

केही लाभ पाइने आशले सरकार फेर्नतिर केही नेताहरु लागेको उनको आरोप छ। पोखरेलले भने ‘ नौं नौं महिना, दश दश महिनामा सरकार फेर्न बानी परेका नेताजीहरुलाई सरकार फेर्न मन लाग्छ। त्यसरी फेर्दा केही पाइन्छ कि भन्ने हुन्छ ।

नेकपा लुम्बिनी प्रदेशका इ’ञ्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले मुलुकको यतिखेरको आवश्यकता सरकार परिवर्तन नभई स्थायित्व भएको दा’बी गरे । यो मुलुकमा यति धेरै सरकार परिवर्तन भएको हुँदा सरकार बदलिरहने कुरा जनता र राष्ट्रको हितसंग सम्वन्धित कुरा नभएको उनले बताए ।

अहिलेको आवश्यकता राजनीतिक स्थायित्व र मुलुकको विकासका लागि पहलको आवश्यकता भएको पोखरेलले तर्क गरे। शान्ति पार्कमा झन्डै २८ लाखको लागतमा बुद्ध मुर्ति स्थापनापछि त्यसको आज अनावर गरिएको हो । सेतोपाटी

प्रकाशित मिति November 21, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस