no-image

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि हरेक पटक राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुने गरेको पाएको छौ पार्टीभित्रको विवादमा हस्तक्षेप गर्ने

राष्ट्रपति भण्डारीको कार्यशैलीमाथि पनि बेला बेलामा निकै टिका टिप्पणी हुँदै आएको छ । नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली बुधवार बिहान राष्ट्रपति विद्यादेवी

भण्डारीलाई भेटेका छन । प्रधानमन्त्री ओलीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए । उनले मंगलबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेकी

थिइन । सम्भावित नेकपा संकट टार्न राष्ट्रपतिले निरन्तर राजनीतिक भेटघाट जारी राखेकी छन । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपति भण्डारीको सक्रियतालाई अर्थपूर्ण रूपमा हेर्ने पनि गरिन्छ ।

नेपालको संविधानले राष्ट्रपतिको आफ्नै क्षेत्राधिकार निर्धारण गरेको छ। भण्डारी संवैधानिक राष्ट्रपति हुन । संविधानले उनलाई पार्टी राजनीति वा सरकार सञ्चालनभन्दा माथि राष्ट्रको अभिभावकका रूपमा राष्ट्र प्रमुख मानेको छ ।

संविधानतः उनको पार्टीभित्रको राजनीति वा विवादमा कुनै भूमिका हुन्न । तर नेकपाभित्रको विवादबारे उनले पार्टीका शीर्ष नेतृत्वसँग पटक-पटक भेटवार्ता गर्ने गरेकी छन्। नेकपाको आन्तरिक विषयमा उनको सक्रियतालाई लिएर पार्टी भित्र र

बाहिर विरोध हुँदै आएको छ । नेकपाका केन्द्रीय सदस्य कुमार पौडेलले पनि उनको सक्रियतालाई लिएर विरोध जनाएका छन । उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीको कार्यशैलीमाथि आशंका पनि व्यक्त गरेका छन ।

पौडेलको फेसबुकमा लेखेका छन्ः

राजनीति गर्ने भए राष्ट्रपतिले राजीनामा गरेर अबको महाधिवेशनको लागि तयारी भएर बसे हुन्छ । अरूको उक्साहटमा कहिले कुन नेतालाई कहिले कुन नेतालाई दबाब दिएको शोभनिय भएन ।

देशकोअबिभाबकको भूमिका निभाउनु पर्नेले निकै दिन देखि नेताहरूलाई फुटाउने, एकल्याउने तरिकाले संस्थाको गरिमा र जिम्मेवारी प्रति नै आशंका पैदा गरेको छ । अहिले नेकपाको समस्याको हल अध्यक्ष प्रचण्ड द्वारा सामूहिक प्रस्ताव नै हो ।

प्रस्तावले पार्टीको समस्या लाई प्रवृत्तिगत ढङ्गले किटान गरेको छ कसैलाई हिलो छ्याप्ने काम गरेको छैन । बिचारको बहसलाई अहंको विषय बनाउने हो भने तानाशाही मनोविज्ञानको सङ्केत गर्दछ राजा महाराजाहरूले यिनै कुराहरूलाई मन पराउंछन ।

प्रकाशित मिति November 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस