no-image

काठमाडौं ।

दाङका तीन वटा प्रहरी चौकीमा महिला प्रहरी नेतृत्वमा पुगेका छन्। दाङका प्रहरी चौकी नर्ती, सतबरिया र सर्रामा महिला प्रहरीलाई नेतृत्वमा खटाइएको हो । नर्ती र सतबरियामा महिला नेतृत्वलाई ‘पब्लिक रेस्पोन्स’ राम्रो मिले पछि सर्रा प्रहरी चौकीमा पनि महिला प्रहरीलाई नै नेतृत्व गर्न पठाइयो । जिल्ला

प्रहरी प्रमुख तथा एसपी गणेश चन्दले प्रहरीमा पनि महिला सशक्तिक रण गर्न भन्दै महिलालाई नेतृत्व प्रदान गर्ने नीति लिएको बताए । ‘अवसर पाए महिलाले नेतृत्व दिन सक्छन् भन्ने सन्देश दिन हामी चाहन्छौं,’ उनले भने, ‘महिला कमजोर छैनन् भन्न र उनीहरूको सशक्तिकारण गर्न आवश्यक

छ ।’ यो खबर सेतोपाटिमा नारायण खड्का ले लेख्नु भएको छ । नर्तीमा ३५ वर्षीया शोभा गिरी र सतबरियामा ४० वर्षीया लक्ष्मी क्षत्रीले कमाण्ड गरिरहेका छन । उनीहरू दुबैजना असई हुन । जिल्लामा सबैभन्दा कान्छो उमेरकी महिलाले प्रहरी चौकीको नेतृत्व सम्हाल्ने अवसर भने सपना खड्काले पाएकी

हुन । उनी हप्ता दिनअघि सर्रा प्रहरी चौकीको नेतृत्व सम्हाल्न आइन । अचेल मोटरसाइकल चलाउन सिकिरहेकी छन । सहर बजारका कार्यालयमा भ्यान हुन्थे । उनले भ्यान चलाउन जानेकी छन । गाउँघरका कच्ची सडकमा भने मोटरसाइकल बढी चल्छन । २४ वर्षीया खड्कालाई अब सर्रा प्रहरी पोष्टको

क्षेत्राधिकारभित्र रहेका गाउँ टोलका सुरक्षा गर्नुछ। घोराहीको १६,४, ५ र ७ नम्बर वडा सर्रा प्रहरीको मातहतमा छन्। यी चार वडामध्ये अधिकांश गाउँ घरमा पर्छन । सबै ठाउँमा मोटरबाटो छैन । चार पाङ्ग्रे पुग्न नसक्ने ठाउँमा दुई पाङ्ग्रेमात्रै चलाउन मिल्छ। प्रहरीलाई रात-दिन जतिबेला पनि त्यस्ता

गाउँबस्तीमा गस्ती जानुपर्छ । त्यसैले, मोटरसाइकल सिकिरहेको उनले बताइन । तुलसीपुर-घोराही सडक खण्डमा पर्छ सर्रा। यो घोराही उपमहानगरपालिका-१६ मा अवस्थित छ । तुलसीपुर-घोराही सडक खण्डको सबैभन्दा धेरै सवारीको चाप व्यस्त रहने र दु,र्घटना बढी हुने ठाउँ पनि यही हो । तुलसीपुरबाट भागेर

जाने र घोराहीबाट भागेर जाने मुख्य सडक खण्ड भएको हुँदा प्रहरीले यो ठाउँमा उच्च निगरानी राख्नुपर्छ । अस्थायी प्रहरी पोष्ट सर्रामा खड्का सहित नौ प्रहरी छन् । सर्रामा चार महिला र पाँच पुरूष प्रहरी खटिन्छन् । निकट भविष्यमा यहाँ सबै महिलामात्रै खटाउने तयारी गरिएको जिल्ला प्रहरी पमुख एसपी

चन्दले बताए । ‘नयाँ सरुवा भएका महिला इञ्जार्चले यो ठाउँको भूगोलको पहिचान गरिसकेपछि यहाँका सबै पुरूष प्रहरी साथीहरू अन्यत्र खटाइने छ,’ एसपी चन्दले भने, ‘त्यसपछि यहाँको सुरक्षाको सम्पूर्ण जिम्मा महिलाकै नेतृत्वमा रहने छ ।’ सपनाले प्रहरीमा जागिर सुरू गरे को चार वर्षमात्रै पूरा भयो ।

सुरूमा उनी नेपालगञ्ज तालिम केन्द्रमा प्रशिक्षकको रूपमा बसेकी थिइन । जिल्ला प्रहरी कार्यालय दाङ आएपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको नेतृत्व सम्हालिन । सेवा प्रवेशको चार वर्षमा चौकीको नेतृत्व गर्न पाइन । ‘इञ्चार्ज

भएपछि अलिकति बढी जिम्मेवारी थपिएजस्तो लाग्ने रहेछ’ सपनाले भनिन, यहाँ शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी मेरै हो र मेरै कमाण्डमा खटिएको प्रहरीलाई मैले जिम्मेवार बनाउनुपर्छ भन्ने लाग्ने रहेछ ।

प्रकाशित मिति November 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस