no-image

जनकपुधाम ।

प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा राजवादीहरुको सक्रियता बढेपछि राजनीतिक दलमा तरँग पैदा भएको छ । सोही क्रममा जनता समाजवादी पार्टी (जसपा)

नेपालका युवा नेता धर्मेन्द्र साहले जनकपुरमा राजावादीहरुको गतिविधि नियन्त्रण नभएर खयर नहुने चेतावनी दिएका छन् । लोकतन्त्र ल्याउनको लागि सयौं विर विराँगनाहरुले सहादत

दिएपनि पुनः राजावादी शासन ल्याउन खोजे उनीहरुलाई लखेटेर भगाउने चेतावनी दिएका छन् । कैयौं बर्षको जनआन्दोलनबाट सँस्थागत भएको लोकतन्त्रलाई सखाप पार्न केही शक्तिहरु

सलबलाउन थालेको भन्दै उनले जनकपुरमा उनीहरुले गतिविधि नियन्त्रण नगरे त्यसको उपचार आफूहरु गर्ने खुल्ला चुनौति समेत दिएका छन् । न्यूज ब्यूरो सँगको संक्षिप्त कुराकानीमा

युवा नेता साहले जनकपुरमा राजावादीहरुको गतिविधि बढनु भनेको लोकतन्त्रको लागि खतरा भएको प्रतिक्रिया दिए । उनले भने, –“राजावादीको तर्फबाट जनकपुरमा प्रकाश राणाले अहिले आफ्नो गतिविधि बढाएको छ । यदि त्यो नियन्त्रण

गरिएन भने हामी त्यसको उपचार गर्ने योजनामा छौं ।” राजावादी हावी हुन थालेको भन्दै जनकपुरवासीलाई सचेत हुन आग्रह समेत गरेका छन् । “पहिले राजाकै छोरा राजा बन्ने

थियो, अब जनता पनि राजा बन्नेछ । आम नागरिक स्वयंम राजा हो , यद्यपी केही छोटे राजाहरुको प्रवृतिले नागरिक आजित भएका छन् तर, लोकतन्त्रण नै पुनः स्वर्गलोक गएपछि

अवस्था तहसनहस हुनेछ ।”– उनले भने । उनले राजावादीहरुले अहिले जनकपुरमा दैनिक रुपमा बैठक, गोप्य बैठक गरिरहेको जनाउँदै उनीहरुको विरुद्ध राजनीतिक दलहरु

समेत एकताबद्ध हुन लागेको बताए । उनले नेकपा, काँग्रेस, जसपा लगायतका दलहरु एकवद्ध भएर राजावादी गतिविधिको विरोध गर्ने तयारी गरेको बताए ।

प्रकाशित मिति November 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस