no-image

काठमाडौँ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आन्तरिक द्वन्द्व चर्किएसँगै नेकपा

फुटको संघारमा पुगेको अड्कलबाजी भैरहेको छ । ओली र दाहाल छुट्टाछुट्टै भेलामा सक्रिय छन् । हिजो मात्रै दाहालले आफूनिकट नेताहरुसँग खुमलटारमा छलफल गरेका थिए । उक्त

छलफलमा दाहालले ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । र, आफूसँगको भेटमा ओलीले ‘अब सँगै जान सकिँदैन, आ–आफ्नो बाटो लागौं’ भनेको नेताहरुलाई दाहालले सुनाएका थिए ।

तर, दोस्रो तहका नेताहरुले भने पार्टी एकता कुनैपनि हालतमा जोगाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले लाखौं कार्यकर्ताको भावना र जनताको भावनामाथि खेलबाड गर्न नहुने भन्दै

नेताहरुलाई सच्चिएर अघि बढ्न आग्रह गरेका छन् । स्थायी कमिटी सदस्य समेत रहेका पूर्वमन्त्री गोकर्ण विष्टले देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई

सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिने धारणा राखेका छन् ।

प्रकाशित मिति November 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस