no-image

काठमाडौं

नेपाली कांग्रेसका नेता गगन थापाले खुलामञ्चमा खाना खुवाउने क्रमलाई निरन्तता दिन सबैलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले मंगलबार सामाजिक सञ्जालमार्फत खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिन सबैलाई आग्रह गरेका हुन् ।

जीवन निर्वाह गर्न कठिन भएकालाई विभिन्न स्थानमा परोपकारी मन भएकाले खाना खुवाइरहेको र यस्तो अवस्थामा परोपकारी काम गरेर सहरको इज्जत राखेको भन्दै थापाले यस्तो बताएका हुन् ।

कोरोना महामारी सुरु भएपछि जोगारी गुमाएका र सडकमा भोकभोकै भौतारिरहेकालाई अहिले बसपार्क र खुलामञ्चमा विभिन्न संघसंस्थाले निःशुल्क खाना खुवाउँदै आएका छन्।

काठमाडौं महानगरपालिकाले सोमबार दैनिक खाना खुवाउने कार्यक्रम गर्दा खुलामञ्च फोहोर भएको भन्दै सम्बन्धित पक्षलाई त्यसो नगर्न निर्देशन दिएको थियो । यही निर्देशनपछि थापाले यस्तो आग्रह गरेका हुन्।

‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ।

विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो सहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद’, थापाले ट्वीटरमा लेखेका छन्, ‘म काठमाडौँको जनप्रतिनिधि,यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु।’

प्रकाशित मिति November 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस