no-image

धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह खोलामा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । मंगलबार बिहान धादिङबेसीबाट काठमाडौं जाँदै गरेको बा १५ च ३५०४

नम्बरको जीप ससाहामा सडकबाट लगभग एक सय मिटर तल खसेको थियो । दुर्घटनामा त्रिपुरासुन्दरी–२ निवासी ३४ वर्षीय सुरेन्द्र श्रेष्ठ, गल्छी–१ का ३० वर्षीय विनोद खतिवडा,

नीलकण्ठ नगरपालिका–३ का ३८ वर्षीय आइते नेपाली, सवारी चालक नीलकण्ठ नगरपालिका–७ का २४ वर्षीय विक्रम विश्वकर्मा र काभ्रे जिल्ला रोशी–३ का ३१ वर्षीय चन्द्रलाल

ट्वाटी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए । घाइते २ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् र एक जनालाई

एम्बुलेन्सबाट थप उपचारका लागि काठमाण्डौं लगिएको तिम्सिनाले बताए । अन्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई प्रहरी,

स्थानीयहरुको सहयोगमा उद्वार गरी धादिङ अस्पताल उपचारका लागि लगिएको हो ।

प्रकाशित मिति November 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस