no-image

दाङ ।

समीर जीसी ८ वर्षका भए । उनी एक कक्षामा पढ्छन् । पढ्नुबाहेक पनि उनको अर्को ठूलो पि,रलो छ– आमा राधाका लागि उपचार खर्च जुटाउने । उनी बिहानै उठ्छन्, बजारसम्म पुग्छन् र केही सामान किनेर ल्याउँछन ।

घोराहीस्थित जिल्ला अदालतको गेटअगाडि रहेको ढ्याब्ली पसलमा राख्छन् । अनि साहुजी बनेर सामान बेच्छन् । त्यसैबाट जुटेको पैसाले घर खर्च चलाउँछन् ।

उनका बाबु पृथ्वी जीसी लामो उपचारपछि पनि निको भएनन् । २४ वर्षकै उमेरमा जन्डिसका कारण ०७५ पुस २९ मा नि’धन भयो । गत वर्ष कात्तिकमा आमाका दुवै मिर्गौला फे’ल भए । उनी सातामा तीन पटक डायलसिस गर्न २३ किलोमिटर यात्रा गरेर लमही पुग्छिन् ।

औषधि र गाडीभाडा गरी सातामा ३ हजार रुपैयाँभन्दा बढी खर्च लाग्छ । समीरका चार वर्षका भाइ सम्राट पनि छन् । आमा र भाइको ख्याल गर्नुपर्ने दायित्व समीरको काँधमा आएको छ ।

सानै उमेरमा समीरले सबै काम सिकिसकेका छन् । ‘बजार गएर सामान किन्छु अनि यहाँ लिएर मिलाएर राख्छु अनि ग्राहक आएपछि सामान बेच्छु, हिसाब राख्छु,’ उनले भने, ‘दिनभरि सामान सकिएपछि फेरि अर्को दिन बिहानै बजार गएर सामान किन्छु ।

चाउचाउ, बिस्कुट, सुर्ती, पानीलगायत सामान बिक्री हुन्छन् । उनी ग्राहकको मागअनुसारका सामान बेच्छन । दिनमा ५ सय रुपैयाँ जतिको बिक्री हुने गरेको उनले बताए । विद्यालय खुलेका बेला उनले साँझबिहान पसल खोल्थे, दिउँसो आमालाई पसलमा राख्थे ।

अहिले कोरोनाका कारण विद्यालय नचलेकाले उनले दिनभर पनि पसल हेर्न पाएका छन् । ‘आमाको खुट्टा र जीउ सुन्निए’को छ । बेलाबेला बिरामी भइराख्नुहुन्छ । त्यसकारण काम गर्न गा’ह्रो हुन्छ, उनले भने आमाले नसक्दा पसल ब’न्द नै हुन्छ ।

प्रकाशित मिति November 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस