no-image

काठमाडौ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य तथा आफूर्तिमन्त्री लेखराज भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलीको ठेगान नभएको नेताको संज्ञा दिएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘अब छलफल गर्दै जाँदा कुनै निश्कर्ष निस्केन भने प्रधानमन्त्रीले ल त जे गर्ने हो गर्नुस भन्ने कुरा त भयो होला ।

तर पार्टी फुटाउने र पार्टीको बैठक नबोलाउने त हुँदैन र हुन सक्दैन । र अहिलेसम्म प्रचण्डले भनेका के आजसम्म सत्य भएको छ र भन्या ? प्रचण्डले जे÷जे बोल्नु भएको छ त्यो सबै सत्य छ र ? उहाँले भनेका सबै कुरा सत्य हुन सक्दैनन् ।

उहाँले कुन आवेसमा के बोल्नु हुन्छ भन्ने कुरा टँुडिखेलमा के बोल्नुभयो भन्ने कुरा थाहा छ तपाइँलाई ५ हजारको जिम्मा म लिन्छु अरुको जिम्मा अरुले लिनुपर्छ भन्ने कुरो पनि एउटा नेतृत्वले भन्ने कुरा नै होइन् ।

उहाँ त कतिखेर के बोल्नुुहुन्छ त्यो ठेगान हुँदैन् ।’ प्रस्तुत छ मन्त्री भट्टसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

अब नेपाल कम्युनिस्ट पार्टी फुट्यो रे ! हिजो प्रधानमन्त्रीले घोषणा गर्नुभयो अरे ? प्रचण्डले यही भनेर हिजो खुमलटारमा सचिवालयका ६ जना नेताहरुसँग प्रधानमन्त्री ओलीले भनेको कुरा विफ्रिङ गर्नुभयो ?

-म पश्चिमतिर छु मैले तपाइँको न्युजबाट सुनेको हो । यर्थाथ कुरा के हो, मलाई त्यस्तो लाग्दैन् । पार्टी नै फुट्ने कुरो त कसैको हित हुँदैन । प्रधानमन्त्रीजीले पार्टी फुटाउनु पर्छ भन्नुभयो भन्ने मलाई लाग्दैन् ।

हैन प्रचण्डले भन्नुभयो हिजो, ६ जना सचिवालयको सदस्य राखेर आफुसहित प्रधानमन्त्रीले के भन्नु भयो रे भन्दा–अब तपाईहरु अलग–अलग जानुस्, सँगै बस्न सकिँदैन र म पार्टीको निर्णय मान्दिन भनेर । तपाईँ के भन्नुहुन्छ ?

-प्रधानमन्त्रीले पार्टी फुटाउनुपर्छ भनेजस्तो लाग्दैन मलाई ।

हैन प्रचण्डले विफ्रिङ गर्नुभयो हिजो खुमलटारमा ?

-प्रचण्डले के भन्नुभयो, प्रधानमन्त्रीले के भन्नुभयो त्यो त तपाइँ हामीसँग नभनि भन्यो भन्ने आधारमा त प्रचण्डले भन्यो भन्ने पनि लाग्दैन मलाई चाँही ।

हैन हिजो मलाई झलनाथ खनालले भन्नुभएको र नारायणकाजी श्रेष्ठले भन्नुभएको !

-अब उहाँहरुले के भन्नुभयो म त पश्चिममा छु । कसैसँग मेरो सम्र्पक भएको छैन् । म मन्त्रालयको काम र व्यक्तिगत काममा पनि लागेको छु । त्योभएर काठमाडौं

आइसकेपछि मात्र बल्ल भेटघाट भएपछि यर्थाथ कुरो थाहा हुन्छ । त्यसपछि मैले प्रतिक्रिया दिने कुरो हुन्छ । यो न्युज को पूरा लिङ हेर्न रिपोर्टरस खबर मा किल्क गर्नुहोला ।

प्रकाशित मिति November 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस