no-image

काठमाडौँ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै

नेतृत्वमा नेपाल–भारत सीमा समस्या चमत्का रिक ढंगले टुङ्गिने बताउनुभएको छ । प्राइम टेलिभिजनमा एक अन्तरवार्ता दिँदै सांसद बस्नेतले प्रधानमन्त्री ओलीले खेल्नु भएको भूमिकाले

नेपाल–भारतको सीमा समस्या समाधान भई नेपालीको लागि सुखद् क्षण आउने बताउनुभयो। आलोचना भन्दा पनि सीमा समस्या समाधानको लागि परिणाममा हेर्नुपर्ने मा जोड दिँदै

उहाँले नेपालसँगका सीमा समस्या लगायतका अन्य समस्याहरु समाधान गर्नको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुतको रुपमा रअ प्रमुख सामन्त कुमार गोयल तथा सेना प्रमुख मनोज

मुकुन्द नरवाणे पठाई समस्या समाधानमा पहल लिनु भएको जानकारी गराउनुभयो । भारतीय सेना प्रमुखको नेपाल भ्रमण समेत मोदीकै पहलमा सीमा समस्या समाधानको लागि

कुटनैतिक पहलबाट हुन लागेको बताउनुभयो । प्रधानमन्त्रीलाई रअ प्रमुखले भेटेको विषयमा आलोचना भइरहेको सन्दर्भमा उहाँले भन्नुभयो, ‘एउटा लोक कल्याणकारी राज्य को

प्रधानमन्त्रीले रअ प्रमुख सामन्तकुमार गोयलललाई भेट्नु कुटनैतिक तवरले अन्यथा लिनु पर्दैन । हामी पनि दिल्ली गएको समयमा त्यहाँका शिर्ष नेतासँग भेटघाट गर्ने गरेका छौं ।

त्यसैले त्यसलाई धेरै अन्यथा ठान्नु पर्दैन । सिके राउतसँग शान्ति सम्झैता गराई राज्यको मुल धारमा ल्याउँदा तथा विप्लब समुहका वि’रुद्ध अलि कडा रुपमा प्रस्तुत हुँदा पनि केही

व्यक्तिहरुले आलोचना गरेकै थिए । तर त्यसको परिणाम सुखद् आएपछि आलोचना गर्नेको आवाज बन्द भएको छ । त्यस्तै परिणाम देखिएपछि बजारमा स्यालहुँइया गर्नेहरुको मुख क्रमश बन्द हुन्छ ।’

नेपाल क्षेत्रफलको आधारमा सानो भएता पनि राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता लगायतका कुराहरु समान हुने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीको कुटनैतिक एक कदमले विश्वको सामु

नेपालीको शिर उचो बनाएको बताउनुभयो । सानो ठूलो मुलुकको सार्वभौमसत्ता समान भएको स्थापीत गराउन प्रधानमन्त्री ओली सफल हुनु भएको उल्लेख गर्दै सांसद

बस्नेतले विगतका दिनहरुमा नेपालले कुनै पनि कुराको लागि भारतको गुलामी गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रधानमन्त्री ओलीले नेपालले मात्र भारतलाई खोज्ने नभई भारतले समेत नेपाललाई खोज्ने कार्यको प्रारम्भ भएको बताउनुभयो ।

प्रकाशित मिति November 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस