no-image

काठमाडौ ।

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो ।

सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको छ । कोभिड– १९ का कारण फेरि यतिखेर अर्थतन्त्र समस्यामा छ ।

उहाँमाथि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रमुख जिम्मेवारी पनि रहेको छ । पार्टीभित्र होस् वा मुलुकको अर्थतन्त्र समस्यामा पर्दा समन्वय गरेर परिणाम निकाल्नमा सक्षम अर्थमन्त्री

पौडेलसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारको कामकारवाहीलगायतक विषयमा राससका समाचारदाता रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

चार वर्षअघि तपाईँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गोरखा भूकम्प, भारतको नाकाबन्दीलगायत समस्या थिए । तिनलाई येनकेन छिचोल्नुभयो । यसपटक पुनः अर्थमन्त्री बन्दा कोरोना भाइरसको प्रभावले मुलुकको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पारेको छ ? यस्तो अवस्थामा अर्थतन्त्रलाई गति दिन यहाँले कस्तो योजना बनाउनुभएको छ ?

कोभिड– १९ का कारण अहिले हाम्रो अर्थतन्त्र प्रभावित भएको छ । आर्थिक वृद्धिदर घट्ने र बेरोजगारी बढ्ने अवस्था देखिएको छ । यसले घट्दै गएको गरीबीको दरलाई पनि प्रभावित पार्छ नै । यस अवस्थामा अर्थतन्त्रलाई गति दिन मैले ६ वटा क्षेत्रमा जोेड दिएको छु ।

पहिलो, बजेटको प्रभावकारी कार्यान्वयन । दोस्रोे, यसैसँग सम्बन्धित पूँजीगत खर्चको बढोत्तरी । तेस्रो, चालु खर्चमा मितव्ययिता । चौथो, कोभिड– १९ बाट प्रभावित विपन्न र गरीब वर्गलाई राहत । पाँचौँ, अतिप्रभावित आर्थिक क्षेत्रलाई

सहयोग र छैटौँ, सरकारको बढ्दो खर्चको आवश्यकता परिपूर्ति गर्न वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन । अहिलेलाई कम्तीमा यति ग¥यौंँ भने अर्थतन्त्रले गति लिन सक्छ । यी कार्यहरूमा राजनीतिक दल, निजी क्षेत्र, सञ्चारकर्मी,

सरोकारवाला र आमजनसमुदायको पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछु । हामीसँग भूकम्प र नाकाबन्दीको दृढतापूर्वक सामना गरेको अनुभव छ । हामीले सबैसँगको सहकार्य र समन्वयमा भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौंँ ।

अहिलेको अवस्था अलि फरक छ । कोरोनाको प्रभाव र असर बहुआयामिक छन् तर सबैको साथ र सहयोगमा कोभिड– १९ को प्रभावले सिर्जित चुनौतीहरुलाई हामी सामना गर्न सक्छांैँ । त्यो आत्मविश्वासका साथ मैले काम थालिसकेको छु । हामिले यो न्युज समयपोस्ट बाट लिएका हौउ यो न्युज को पूरा समाचार पढन यहाँ किल्क गर्नुहोला ।

प्रकाशित मिति October 31, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस