no-image

सरकारले कोरो ना भाइ रसको स ङ्क्र ण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी स ङ्क्रमि त भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को स ङ्क्र णलाई रोक्नका लागि ५०० भन्दा बढी स ङ्क्रमि त भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी स ङ्क्र ण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन्। मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् ।

अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को स ङ्क्रमि तको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो ।

उहाँले मन्त्रालयले आफ्नै नेपालमा कति स ङ्क्रमि त हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए ।

यो पनि:नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण सुरु गर्दै छ । बङ्‍गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण सुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्‍गशालामा अपराह्‍न २ बजे सुरु हुनेछ ।

प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई अनुमति दिइसकेको छ ।

नेपालले बालगोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेका कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल छन् ।

नेपालले बङ्‍गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ ।

दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुने एन्फाले जनाएको । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यो पनि:च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार जितको यात्रा कायम राखेको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफी मिड्टजील्याण्डलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिओगो जोटा र मोहम्मद सालहले गोल गरेका हुन् । ५५ औँ मिनेटमा जोटा र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरी टिमलाई जित दिलाएका हुन् ।

लगातार दुई खेलमा जित निकालेको लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । सोही समूहको अर्को खेलमा एट्लान्टा र अजाक्सले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा बार्यन म्युनिखले लोकोमोटिभ मस्कोलाई २-१ तथा एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई ३-२ ले पराजित गरेका छन् ।

प्रकाशित मिति October 31, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस