no-image

काठमाडौं ।

परिवारका सबैजसो सदस्य राजनीतिक क्षेत्रमा क्रियाशील भइरहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहाल संगीत क्षेत्रमा लागिरहेकी छन । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डकी नातिनी स्मिताले छोटो समयमै संगीत

उद्योगमा निकै फड्को मारेकी छन् । स्मिताको लोभलाग्दो क्रेज देखेर परिवारका सबै सदस्य अचम्मित छन् । मेरा गीत सुनेर सबै मख्ख छन खुशी हुन्छन्, स्मिताले भनि मलाई सबैले हौसला दिन्छन । पछिल्लो समय गायन क्षेत्रमा चम्किएका थोरै

कलाकारमध्ये पर्छिन् स्मिता । एकपछि अर्को गीत बजारमा ल्याइरहेकी स्मिताले अब यसै क्षेत्रमा भविष्य स्थापित गर्ने निर्णय गरेकी छन । पारिवारिक पृष्ठभूमि राजनीति भए पनि स्मितालाई कहिल्यै राजनीतिमा ‘करिअर’ बनाउने सोच आएन ।

बिहान उठेर देशको राजनीति क्षेत्रबारे चासो राख्ने, सरकारको कामबारे सोधपुछ गर्ने, विभिन्न मिटिङमा व्यस्त हुने उनका परिवारका अन्य सदस्य जस्तो उनको दिनचर्या छैन । स्मिताको दिनचर्यामा बिहानदेखि साँझसम्म संगीत छुट्दैन । राजनीतिमा

धेरै व्यस्त रहने उनका हजुरबुवा प्रचण्डले स्मिताको दिनचर्याबारे चासो राख्छन । हालै लोकान्तरसँगको कुराकानीमा स्मिताले आफ्ना हजुरबुवाबारे एउटा अचम्मको रहस्य खोलेकी छन् । ‘हरेक हजुरबुवाले आफ्ना नातिनातिनीलाई माया गर्छन् तर मेरो

हजुरबुवाले अति माया गर्नुहुन्छ, स्मिता भन्छिन, ‘अब कस्ता खालका गीत ल्याउँदैछौं । दर्शकले कस्तो खालका गीतको अपेक्षा गरेका छन् । कहाँ जाँदैछौं । के गर्दैछौं । जस्ता हरेक कुराको चासो राखिरहनुहुन्छ । हजुरबुबाले भ्याएसम्म आफ्नो

संगीत क्षेत्रबारे सधैजसो चासो राख्ने गरेको उनले बताइन् । मेरा अहिलेसम्मका सबै गीत उहाँले सुन्नुभएको छ । साँझ खाना खाने बेलामा राजनीतिभन्दा धेरै मेरै गीतबारे घरमा कुराकानी हुन्छ, उनी थप्छिन ‘कहिलेकाहीँ एकदमै व्यस्त भए

फरक कुरा हो, नत्र हजुरबुवा मेरो गीत सुन्दै राति निदाउनुहुन्छ । आफ्ना गीतका भिडियोमा कति भ्युज आएका छन्, कति शेयर भएका छन् जस्ता स–साना कुरामा समेत चासो राख्ने गरेका स्मिताले बताइन् । त्यसो भए प्रचण्डले स्मिताको

सबैभन्दा मन पराउने गीत कुन हो त ? उनले भनिन्, ‘नयाँ गीत आएपछि त्यो सुनिहाल्नुहुन्छ । तर मैले महसूस गरेअनुसार ‘बिगार्दैन कसैको केही’ अन्य गीतको तुलनामा धेरै मन

पराएको गीत हो । यो गीत स्मिता १४ वर्षको हुँदा बजारमा आएको हो, जसको भिडियो भने निर्माण भएको छैन ।

प्रकाशित मिति October 30, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस