
कैलाली ।
सुन्दा पनि अचम्म लाग्छ होला ? तर हाम्रो देश नेपाल मा यस्ता काम हरु पैला देखि नै भएको छ । भन्ने हामिले सामाजिक संजाल मा सुनिरहेका हुन्छौ ।
भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने कैलालीका एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।
भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।जोशीले २०७५ साल
फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाई भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए ।
अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति October 30, 2020