no-image

५ जेठ : सत्यमेव जयते कि सिंहजयते ?

नेपाल र भारतबीचको समस्या जहाँको त्यहीँ छ । बालुवाटारदेखि संसद्सम्म आक्रामक अभिव्यक्ति दिँदै आएका ओलीको बाटो अहिले पूरै मोडिएको छ ।

५ जेठमा मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको वास्तविक सीमासहितको राजनीतिक र प्रशासनिक नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

अर्को दिन ६ जेठ ०७७ मा संसद्को प्रतिनिधिसभामा बोल्दै ओलीले भारतको प्रतीक चिह्नलाई इंगित गरेर कठोर टिप्पणी गरेका थिए । ‘भारत भनेर चिनिने उसको एउटा प्रतीक चिह्न छ ।

अशोकाले स्थापना गरेको चिह्न छ । चारमुखे सिंह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । यो कुरा उसको चिह्नमुनि छ, तर विश्वासचाहिँ म गर्छु ।

म भारतलाई सोध्नेवाला छु, सत्यमेव जयते कि सिंहजयते ? सिंहमेव जयते र सत्यमेव जयते ? त्यसकारण हामी विश्वास गछौँ सत्य मेव जयते’ उनको भनाइ थियो ।

६ जेठ : अब छिनोफानो हुनुपर्छ

६ जेठमै राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सीमा विवादमा भारतसँग छिनोफानो गर्नेे समय आएको बताएका थिए । उनको भनाइ थियो, ‘हामीले सिमानाको टुंगो यतिवेलै लाउनुपर्नेछ ।

अब पनि हाम्रो भूभाग गुमेको छ भन्दै चित्त दुखाउँदै, मन कुँडाउँदै बस्ने समय होइन । अब छिनोफानो हुनुपर्छ र हाम्रो भूभाग फिर्ता लिनुपर्छ । एउटा टुंगोमा पुग्नुपर्छ । सरकारले लिम्पियाधुरा, लिपुलेकसम्मको भूभाग हाम्रो हो भन्यो । फिर्ता ल्याउँछौँ भन्यो ।’

२८ जेठ : कालापानीमा कब्जा भएको छ

तीन सातापछि फेरि प्रधानमन्त्री ओलीले यो मुद्दालाई संसद्मै उठाए । २८ जेठमा प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘कालापानीमा भारतीय फौज बसेर त्यहाँभन्दा उता लिपुलेक र लिम्पियाधुरालाई सर्लक्कै भारतले कब्जा गरेको छ ।

सेना राखेर त्यो भूमि छुट्याएर लगेको छ । सेना नराख्दासम्म हाम्रो भोगचलनमा थियोे । सेना राखेपछि त्यहाँ जान पाएनौँ । एक ढंगले भन्ने हो भने यो कब्जा हो ।’

१४ असार : मेरो सरकार ढाल्न भारत सक्रिय छ

पार्टीभित्र शक्तिसंघर्ष चर्किएको वेला प्रधानमन्त्री ओलीले भारतलाई पनि बहसमा ल्याएका थिए । मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा १४ असारमा बालुवाटारमा भएकोे कार्यक्रममा ओलीले भनेका थिए, ‘हामीले हाम्रो भूभाग समावेश गरेर नक्सा प्रकाशित ग¥यौँ ।

हामीले यसलाई संवैधानिक रूप दियौँ । तपाईं–हामी सबैलाई थाहा छ, तपाईंहरूले पनि सुनेको हुनुपर्छ– हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ, गरिँदै छ भन्ने माहोल बनाइएको छ ।’

ओलीको भनाइ थियो, ‘भारतका बौद्धिक बहसहरू सुन्नुभएको होला, कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ । यहाँका होटेलहरूमा भइरहेको गतिविधि, त्यसले पनि देखाइरहेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ ।’

२९ असार : रामको जन्मभूमि ठोरीमा भएको हो

दुई सातापछि भारतमाथि सांस्कृतिक रूपमा दबाब बनाउन ओलीले अर्को अभिव्यक्ति दिएका थिए । २९ असारमा आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती समारोहमा बालुवाटारमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि भारतको अयोध्या होइन, नेपालको वीरगन्जनजिकै अयोध्यापुरी भएको दाबी गरेका थिए ।

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, मिचिएका छौँ, तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ ।

तर, भारतलाई होइन, अयोध्यालाई दियौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो,’ ओलीको भनाइ थियो ।

तर, रामको जन्मभूमि अयोध्या नेपालको वीरगन्जनजिकै पर्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले नेपाल–भारत राजनीति तरंगित भएपछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा ठेस पु¥याउने आशयमा व्यक्त नभएको स्पष्टीकरण दिएको थियो ।

३१ साउन : स्वतन्त्रता दिवसमा संवाद
आदिकवि भानुभक्त आचार्यको जयन्तीमा उत्कर्षमा पुगेको नेपाल–भारत तनाव ठीक एक महिनापछि भारतको स्वतन्त्रता दिवसबाट मत्थर हुन थालेको हो ।

त्यसको सुरुवात ओलीले नै गरेका थिए । ३१ साउनमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेर ७४औँ स्वतन्त्रता दिवसका अवसरमा बधाई र शुभकामना दिएका थिए ।

सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीको शुभकामनाको जवाफमा मोदीले धन्यवाद भनेका थिए । टेलिफोन संवादलगत्तै परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियोे, ‘प्रधानमन्त्रीले भारतसँग अर्थपूर्ण द्विपक्षीय सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । उहाँहरूबीच द्विपक्षीय मामिलाहरूमा भविष्यमा निरन्तर छलफल गर्ने सहमति भएको छ ।’

६ असोज : किताब वितरणमा रोक

चिसोपनलाई बिस्तारै ओलीले न्यानोपन दिने कोसिस गरे । यही सिलसिलामा उनले असोज पहिलो सातासम्म आइपुग्दा नेपाल सरकार, शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वध्याय सामग्री’ नामक पुस्तक वितरण नगर्नू भनेर ठाडो आदेश नै दिए ।

जब कि प्रधानमन्त्री ओलीसहित सत्तारुढ नेकपाको सचिवालयका सदस्यहरूलाई पाण्डुलिपि देखाएर पुस्तक तयार गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाइ थियो ।

१९ असार ०७७ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तहमा सन्दर्भ–सामग्रीका रूपमा प्रयोग हुने गरी स्वीकृत दिएको थियो । ‘तर, प्रधानमन्त्रीले यो किताब तत्काल वितरण नगर्न भन्नुभएको छ,’ शिक्षामन्त्री पोखरेलले ६ असोजमा शिक्षा पत्रकारहरूसँग भनेका थिए ।

५ कात्तिक : बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

लिम्पियाधुराअंकित किताबको वितरण रोकिएको ठीक एक महिनापछि बालुवाटारमा भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखले स्वागत पाए ।

५ कात्तिकको राति ९ः१५ मा प्रधानमन्त्रीनिवास बालुवाटार छिरेका ‘रअ’ प्रमुख सामन्तकुमार गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए ।

भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट सार्वभौम, स्वाभिमानी देशका लागि अँध्यारो पलका रूपमा दर्ज भएको भन्दै चौतर्फी

प्रकाशित मिति October 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस