no-image

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीमा देखिएको पछिल्लो विवादका

विषयमा छलफल भएको नेपाल निकट स्रोतले जनाएको छ ।पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी बढेसँगै ओलीले भेटवार्ताका लागि नेपाललाई बालुवाटार

बोलाएका थिए । भेटवार्ताका क्रममा ओलीले पार्टीमा मिलेर अगाडि बढ्ने प्रस्ताव गरेका छन् । स्रोतका अनुसार ओलीले भेटवार्ताका क्रममा भने, ‘अब मिलेर जाऔँ, अबको नेता

तपाईँ नै हो । पार्टी महाधिवेशनबाट तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ ।’नेता नेपालले विधि र प्रक्रिया अनुसार अगाडि बढ्न सुझाव दिएका थिए । उनले

भने, ‘म मिल्नका लागि तयार नै छु । तर विधि र प्रक्रियामा पार्टी चलाउनु पर्छ । त्यसका लागि तपाईँले गल्ती सच्चाउनु पर्छ ।’यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले

नेपालसँग भेटवार्ता गरेका थिए । कात्तिक ४ गतेको भेटवार्तामा पनि ओलीले मिलेर जानका लागि वरिष्ठ नेता नेपालसँग प्रस्ताव राखेका थिए । नेपाल निकट स्रोतले भेटवार्तामा पनि कुनै

प्रगति नभएको जानकारी दियो । अघिल्लो मंगलबारदेखि संवादहीनताको अवस्था उत्पन्न भएपछि ओलीले नेता नेपालसँग छलफल थालेका छन् । नागरिक खबरबाट साभार गरिएको हो ।

प्रकाशित मिति October 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस