no-image

काठमाडौं ।

भारतीय सेनापति एमएम नरभाने अर्काे हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही नोभेम्बर ४–५ (कात्तिक १९ देखि २० सम्म) नेपाल आउने भएको भारतीय पत्रिका इकोनोमिक टाइम्सले जानकारी दिएको छ ।

उक्त पत्रिकाले नेपाल भारतका बीचमा हालैका केही महिना यता विग्रिएको सम्बन्ध सुधारको लागि भन्दै उनी नेपाल जान लागेको बताएको छ । पछिल्लो समयमा बिग्रिएको सम्बन्धमा कूटनीतिक रुपमा सुधार ल्याउनका लागि उनको नेपाल भ्रमण हुन लागेको सो पत्रिकाले बताएको छ ।

तर यस विषयमा नेपालका तर्फबाट भने भ्रमण मिति सार्वजनिक भएको छैन । उक्त पत्रिकाले एकातर्फ दुई देशबीचको सम्बन्ध विस्तारमा कूटनीतिक पहलका लागि नेपाल जान लागेको लेखेको छ । सो पत्रिकाको समाचार हेर्दा लाग्छ मानौँ कि दुई देशको सम्बन्ध सुधारका लागि भारतका विदेश मन्त्रीले नेपाल भ्रमण गर्न लागेका हुन् ।

नरभानेको विरोध किन ? यी सेनापतिले नेपालले लिपुलेक सहितको नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको विरोध गरेका थिए । उनले नेपालले नयाँ नक्साको एजेण्डा आफूले नभएर अरु कसैको इसारामा उठाएको भनेर नेपालमाथि कूटनीतिक हमला नै गरेका थिए ।

उनी कूटनीतिक मर्यादा विपरीत गएर नेपाल भारत सम्बन्धमा बोलेको भन्दै उनको नेपाल र भारतमा नै व्यापक विरोध भएको थियो । त्यसैले यस पटकको उनको नेपा लभ्रमण रोक्न माग भएको हो ।

नरभानेको भ्रमण रोक्न माग !उनको नेपाल भ्रमणलाई अस्वाभाविक भन्दै नेकपा भित्र पनि विरोध भएको छ । दुई देश बीचको सम्बन्ध सुधारका नाममा गत हप्ता मात्र पनि नेपालमा गुप्तचर प्रमुखको भ्रमण भएको र उनले प्रधानमन्त्री केपी ओलीसँग नै वार्ता गरेको भन्दै त्यसको व्यापक मात्रामा विरोध भएको थियो ।

नेकपाकै नेताहरुले नेपाल भारत सम्बन्ध भारतको जाशुशी एजेन्सीका प्रमुख या सेनापतिले सुधार गर्नुपर्ने अवस्थामा नपुगेको नेपालमा बताइन्छ । नेपालका प्रधानमन्त्रीले कूटनीतिक वार्ता नै भारतका सुरक्षा प्रमुखजस्ता कर्मचारीहरुसँग गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको नेकपाका सदस्यहरु नै बताउँछन् ।

भारतीय सेनापतिको यो भ्रमण रद्द गर्नुपर्ने आवाज राजनीतिक दल मात्र नभएर नागरिक समाजबाट पनि उठेको छ । नेपालको सीमाको विषयमा विरोध गर्ने सेनापतिलाई बोलाएर नेपालले वार्ता गर्न नहुने नेकपाका नेताहरु र नागरिक समाजकै माग रहेको छ । यदि त्यसो भयो भने प्रधानमन्त्री ओलीको राष्ट्रवाद देखावटी मात्र रहेको उनीहरुको भनाई छ ।

वरिष्ठ अधिवक्त तथा नेपालको नागरिक समाजका अगुवा विपीन अधिकारीले उनको भ्रमण तत्कालै रद्द हुनुपर्ने भन्दै ट्वीट गरेका छन् । उनले ट्वीटमा भनेका छन्- ‘सरकारले यो भिजिट् तत्कालै रद्द गरोस । हामी बीच सिमा विवाद छ।उनले नेपालका बारेमा नराम्रो बोलेका छन ।

यो राजनीतिक तहमा समाधान गर्नु पर्ने विवाद हो ।सेना संग किन कुरा गर्ने रुयस्तालाई कसरी अनररी दर्ज्यानी चिन्ह दिन मिल्छ र ? के अर्थ लाग्छ अन्तर्राष्ट्रिय समुदायमा ?’

प्रकाशित मिति October 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस