no-image

काठमाडौ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार दशैं पछि ढल्न सक्ने बताएका छन् । मगलबार आफु निकटका

नेताहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । खासगरी कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारको निर्णयमा उनको आपत्ति छ । यस्तो तत्काल फिर्ता लिन मा गर्दै नेता

नेपालले मंगलबार नै विज्ञप्ती निकालेका थिए । कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको उनले बताए ।

मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारी पन भएको बताएका छन ।

मुलुक कोभिड – १९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरु अस्पतालले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।

संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा

उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति

सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो । संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा

राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु

माधवकुमार नेपाल, पूर्वप्रधानन्त्री तथा वरिष्ठ नेता नेकपा

प्रकाशित मिति October 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस