no-image

काठमाडौं ।

भारतले सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमण मिति तय गरेको छ । भारतीय सेनाले तय गरेको मिति अनुसार नरभानेले यहि नोभेम्बर ४ तारिखबाट ३ दिने नेपाल भ्रमण गर्नुहुने भएको हो ।

यसअघि नेपाली सेनाले भातीय प्रमुख प्रमुख नरभानेलाई नेपाल भ्रमणका निमन्त्राणा गर्ने तयारी भइरहेकाे बताएको थियो ।

बिगत झैँ नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कारण रोकिएको थियो ।

नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो ।

उनले सो बिवादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मुद्दा उचालेको आरोप लगाएपछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्तिप्रति आपत्ति जनाइएको थियो ।

त्यसपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न सरकारलाई जनस्तरबाट दवाब समेत परेको थियो । पछि नरभानेले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्रयास गरेका थिए ।

यद्धपि यसअघि २०७६ माघ २० गतेको मन्त्रिपरिषद बैठकले नरभानेको भ्रमण स्वीकृत गरिसकेको थियो ।

त्यस्तै नेपालका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ पुस २९ पुस गते नै भारतको भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान लिइसकेका छन् ।

त्यस्तै २०७६ माघ २० कै मन्त्रिपरिषद बैठकले इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ ।

प्रकाशित मिति October 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस