no-image

सरकारले केही गरेन भनेर नारा लगाउँदा पनि यसबीचमा भएका यी तथ्यहरुले ओली सरकारले काम गरेकै ग्राफ देखाउँछ ।

१. ओली सरकार गठन भएपछि निर्माण सुरु भएको नेपाल–भारत अन्तरदेसीय पेट्रोलियम पाइनलाइन गत बर्षको भदौ २४ गतेबाट सञ्चालन । एक बर्षमै झण्डै एक अर्व जोगिएको छ ।

२. भारतले लामो समयदेखि अतिक्रमण कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ । सबै दललाई सहमतिमा ल्याएर संबिधान संशोधन गरी भूमि फिर्ताको लागि भारतसँग बार्ताको तयारीमा छ । ओली सरकारले त्यसलाई कार्यान्वयन गर्न लागि परेको कारण भारत बार्तामा आउन बाध्य हुने अवस्था छ ।

३. पूर्व–पश्चिम रेलमार्गको ठोस आधार बनेको छ भने बजेटसमेत बिनियोजन गरी निर्माण प्रक्रियाको थालनी भएको छ । जनकपुरको कुर्तादेखि भारतको जयनगरसम्मको रेल मार्ग निमार्ण गरिसकेको छ । दुई ओटा रेल तयार भइ नेपाल आइसकेको छ । अव सञ्चालनको तयारीमा रहेको छ ।

४. चीनको केरुङदेखि काठमाडौंहुँदै पोखरासम्म रेलमार्ग संचालनको लागि काम अघि बढेको छ । चीन सरकारबाट अध्ययन अघि बढेको छ भने रक्सौल–काठमाडौंको लागि भारत सरकारबाट संभाब्यता अध्ययन भइरहेको छ ।

५. नवलपरासीमा फलाम खानी सञ्चालन हुने अवस्थामा पुगेको छ । चीनमा गरिएको अध्ययनमा ब्यावसायिक रुपमा फलाम खानी सञ्चालन हुने देखिएको छ । दैलेखसमा पेट्रोलियम पदार्थको उत्खननका लागि अनुसन्धान तथा परीक्षण अघि बढेको छ ।

६. विकास निर्माणमा ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकदार कम्पनीलालाई धमाधम कारवाही अघि बढेको छ । मल खरिदमा ढिलाई गर्ने ठेकेदार शारदाप्रसाद अधिकारी र समयमा काम सम्पन्न नगर्ने पप्पु कन्ट्रक्शनसहितलाई कारवाही गरिएको छ ।

७. भगवान रामको जन्मभूमिको बिषयमा नेपालले पहिलो पटक औपचारिक दावी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्ममूमिबारे दिनुभएको अभिब्यक्तिपछि भारतमा समेत बहश अघि बढेको छ । राम जन्मभूमिबारे अध्ययनसमेत अघि बढेको छ ।

८. बालुवाटार लगायत देशभरका सरकारी जग्गा हडप्नेहरुमाथि कार्वाही अघि बढेको छ भने हालसम्मकै सवैभन्दा बढी जग्गा सरकारको मातहतमा ल्याइएको छ । दोषीलाई कठघरामा ल्याउने कार्य तीव्र रुपमा बढाइएको छ । यो काम अझै जारी नै रहेको छ ।

९. बैज्ञानिक कृषि प्रणालीतर्फ काम सुरु भएको छ । डिल्लीबजारमा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान भवन र अन्य पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

१०. साहित्य, संस्कृतिकर्मीमाथि ठोश सम्मानको काम अघि बढेको छ । झमककुमारी घिमिरे प्रतिष्ठानलाई काठमाडौं गोठाटारमा अत्याधुनिक घर निर्माण गरिएको छ ।

११. नेपाली राजनीतिका शिखर पुरुषद्वय बीपी कोइरालाको जन्मस्थल, दुम्जा (सिन्धुली) र पुष्पलाल श्रेष्ठको जन्मस्थल, भँगेरी (रामेछाप)मा स्मृति उद्यान निर्माणको काम अघि बढेको छ ।

१३. प्रधानमन्त्री निवास वालुवाटार आधुनिक तथा सुविधासम्पन्न भवन निर्माणको क्रममा रहेको छ । १४. लितपुरको गोदावरीमा तीन हजार सिट क्षमताको सभाहल निर्माणको काम तिव्र गतिमा अघि बढेको छ ।

१५. संघीय संसद भवन र मुख्यमन्त्री आवास निर्माणको काम रफ्तारमा अघि बढेको छ ।

१६. कोरोना भाइरस नियन्त्रणमा दक्षिण एसियामा भुटान बाहेकका देशभन्दा बढी सफलता र कोरोना नियन्त्रण र रोकथाममा सबै भन्दा अगाडि । उपत्यकाभित्र तयार भइरहेका झण्डै ४ हजार बेड क्षमताका क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको निर्माण कार्य । कोरोना बीमाको विशेष व्यवस्था गरिएको छ ।

१७. उपत्यकाका मनोहरा, बाग्मती, हनुमन्तेलगायतका नदीहरुमा कोरिडोर निर्माणको काम अघि बढेको छ । हरियाली पार्क पनि निर्माण हुँदै छ ।

१८. धुलाम्मे र हिलाम्मे काठमाडौँ उपत्यकाका सडक अहिले सुन्दर र मनोरम बनेको छ । काठमाडौ उपत्यकाभित्र हालै मात्र १३० किमि भन्दा बढीमा खाल्डा पुर्ने, रोड मार्किङ गर्ने ओभरलेप र सौन्दर्य गर्ने काम सकिसकेको छ ।

१९. भक्तपुरमा सुविधा सम्पन्न आधुनिक वीर अस्पतालको निर्माण प्रारम्भ भएको छ । २०. एनसेल, चौधरी समूहसहित ठूला कर दातालाई कडाईका साथ कर असुली गरिएको छ । कर कार्यालयहरु करदातामैत्री बनाइएको छ ।

२१. पोखरा, भैरहवासहित नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण तिब्र रुपमा अघि बढेको छ । कोरोना महामारीका बावजुद तोकिएको समयमै ती बिमानस्थलको निर्माण कार्य सकिने अवस्थामा रहेको छ ।

२२. राष्ट्रिय गौरवका आयोजनाका कामहरु अरु सरकारका पालामा भन्दा छिटो छिटो अघि बढेको छ । माथिल्लो तामाकोशी लगभग सम्पन्न हुने अवस्थामा पुगेको छ ।

२३. नेपालमा भारत र पश्चिमा शक्ति केन्द्रको अनावश्यक चलखेल नियन्त्रण गर्न ठोश प्रयास अघि बढाइएको छ । २४. उपत्यकाभित्र भूमिगत तार बिछ्याउने काम अघि बढाइएको छ ।

२५. देशको आर्थिक सूचक इतिहासकै उच्च विन्दुमा पुर्याउन सफल । कोरोना प्रहारको बाबजुद पनि अर्थनीति र सूचक सफल रहेको छ । २६. पछिल्लो एक वर्षमा देशभर ३४२ पुलहरूको काम सम्पन्न गरिसकेको छ भने अन्य पुलहरूको काम पनि तीव्ररुपमा गरिएको छ ।

२७. उत्पादन क्षेत्रलाई बढी ध्यान दिए देशलाई आत्मनिर्भर बनाउने प्रयास ठोश रुपमा अघि बढाइएको छ । २८. शैक्षिक प्रमाणपत्रको आधारमा युवालाई ऋण दिने काम सुरु भएको छ ।

२९. देशभर शिक्षा स्वास्थ्य रोजगारीलाई प्राथमिकता दिई उच्चतम सन्तुष्टि पनि हासिल गरिसकेको छ । ३०. देशभरका साना सडकहरुलाई चौडा बनाई सडक विस्तार गरिएको छ । नयाँ सडकहरु पनि बनाउने काम तीव्ररुपमा गरेको छ ।

३१. बाढी पहिरोबाट क्षति हुने सम्भावित क्षेत्रमा रहेका बासिन्दाको बस्ती स्थानान्तरण गरिएको र क्षति पुर्याएका क्षेत्रमा तत्काल राहातको व्यवस्था गरेको छ ।

३२. जुन क्षेत्रमा जे उत्पादन हुन्छ, त्यस्तो क्षेत्रलाई छनोट गरी धेरै मात्रामा उत्पादन गर्ने तयारी गरिएको छ । इलामको चियालाई विश्व बजारमा पुर्याउन उद्देश्य पनि राखिएको छ ।

३३. राउटे समुदायका मानिसहरुलाई पनि समाजमा ल्याई घर बनाइदिएको छ र उनीहरूलाई पनि आरक्षणको व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ रोजगारीका क्षेत्रमा पहुँच पुर्याइएको छ ।

३४. भूमि बैंकको स्थापना गर्ने कार्य तीब्र गतिमा अघि बढाइएको छ । ३५. देशमा लगानी मैत्री वातावरण सिर्जना गरिएको छ । बजेटरी सपोर्टमा दाताहरुले इतिहासमै पहिलो पटक सवैभन्दा बढी सहयोग गरेर नेपाल सरकारप्रति उच्च बिश्वास रहेको प्रमाण दिएका छन । अर्थात सरकार दाताहरुको बिश्वास जित्न सफल भएको छ ।

३६. काठमाडौँ उपत्यकामा चार वटा स्मार्ट सिटीको निर्माण कार्य अघि बढेको छ । ३७. दरवार हाइस्कुल पुनः निर्माणको कार्य सम्पन्न भएको छ । धरहरा, रानीपोखरीसहित अन्य भुकम्पपछि पुनः निर्माणका कार्यहरुमा पनि अन्तिम चरणमा पुगेको छ । रानीपोखरी मनमोहन बनेको छ ।

३८. अंगिकृत नागरिकता ७ वर्षपछि मात्र पाउने प्रावधान अघि बढाइएको छ । नेपाली पुरुषसँग विवाह भएको अरु देशका महिलाले ७ वर्षपछि मात्र नागरिता पाउने व्यवस्था गरिएको छ । यो बिद्येयक संसदमा पास हुने क्रममा रहेको छ ।

३९. राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत जोखिममा परेका गर्भवती महिलाको उत्थानको कामलाई तीब्रता दिइएको छ । हेलिकप्टरबाट सवा सय भन्दा बढी सुत्केरीको उद्धार तथा उपचारको ब्यवस्था गरिएको छ ।

४०. प्रधानमन्त्री रोजागर कार्यक्रम अन्तरगत प्रत्येक वर्ष करिव ६ लाखलाई रोजगारी । युवालाई गाउँमै काम । ४१. नेपालमा नै रासायनीक मल कारखाना खोल्ने प्रकृया अघि बढेको छ ।

४२. मानवमुक्त सडक बनाइएको छ । ४३. विभिन्न मुलुकसँग हवाई उडान सम्झौता भएका छन । ४४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक निर्माण, आधुनिक, सुविधासम्पन्न, तथा व्यवस्थित बनेको छ । ४५. विद्युत उत्पादनको व्यापक वृद्धि, लोडसेडिङ अन्त्य भएको छ ।

४६. एसिड पिडितको माग सम्बोधन गरी कठोर कानुन निर्माणको गृहकार्य अघि बढेको छ । एसिडपीडितको उपचारदेखि सवै खर्च राज्यले बेहोर्ने गरी कानून निर्माण भइरहेको छ । ४७. मुलुकभर फोर जी सेवा विस्तार भएको छ ।

४८. प्रत्येक गाउँपालिकामा १५ सैय्याको अस्पताल अनिवार्य निर्माणको प्रकृया अघि बढेको छ । ४९. त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण कार्यको शुभारम्भ छ ।

५०. साक्षर नेपालको घोषणा गर्ने तयारी, बालबालिकालाई विद्यालय ल्याऔं, पढाईमा टिकाऔंको अभियान सञ्चालन भइरेहेको छ । ५१. चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश अभियान सञ्चालन भएको छ । ५२. नेपालभर ६ सय ७ स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार भएको छ ।

५३. दुई वर्षमा ४ करोड विभिन्न प्रकारका विरुवा उत्पादन गरी कृषकलाई वितरण गरिएको छ । खाली ठाउँमा फलफूल उत्पादान गर्न सहयोग गरिएको छ । ५४. सम्पूर्ण जग्गाको वर्गिकरण, कृषियोग्य जग्गाको संरक्षण अभियान सञ्चालन भइरहेको छ ।

५५. मालपोतहरुमा अनलाईन प्रणालीको विकास गरिएको छ । ५६. कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्चनपुरको दोधारा–चाँदनीस्थित कञ्जभोगमा सुक्खा बन्दरगाह निर्माणको प्रारम्भको तयारी भइरहेको छ ।

५७. भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाईपलाईनको अध्ययन प्रकृया अघि बढेको छ । ५८. दुई दशकपछि चीनका रास्ट्रपति सि जिङपिङको नपाल भ्रमण सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत सफल भ्रमण भएको छ ।

५९ १३औं दक्षिण एसियाली खेलकुद साग समप्न्न भएको छ । दुई दशक यता खेलकुद क्षेत्रमा यो ठूलो उपलब्धि हो । ६०. भुपरिवेष्ठित नेपाललालाई भुजडित मुलुमा रुपान्तरण गर्ने घोषित आकांक्षा पूरा भएको छ ।

प्रकाशित मिति October 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस