no-image

डोल्पा ।

सुन्दा अचम्म लाग्न सक्छ तर यस्तो अचम्मको परम्परा हाम्रै नेपालमा छ । माथिल्लो डोल्पाका केही गाउँपालिका लगायत नेपालका विभिन्न क्षेत्रमा बहुपति र पाण्डु प्रथा अझै कायम छ  ।

तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन । घरमा जेठो दाजुले विवाह गरेपछी जतिसुकै दाजुभाइ भए पनि जेठो दाजुले विवाह गरेको श्रीमतीलाई नै

सबै भाइहरुले श्रीमतीको रुपमा स्वीकार गर्नु पर्ने परम्परालाइ बहुपति प्रथा भनिन्छ । विवाहित श्रीमतीले दैनिक दाजुभाई संग पालैपालो गरेर प्रत्येक रात छुट्टाछुट्टै उनीहरूसँग विताउनु पर्ने हुन्छ ।

अनौठोको कुरा त, बच्चा कुन दाजु वा भाइको हो भन्ने कुरा बच्चाको आमाले पहिचान गरेर भन्नू पर्ने हुन्छ । डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् ।

जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइले श्रीमति मान्ने चलन नै बहुपति प्रथा हो । डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले चेतनाको कमीले यो प्रथा अझै चलिरहेको बताए ।

घरको धनसम्पतीमा अंशवण्डा लाग्छ र गरिब भइन्छ भन्ने मानसिकता अझै छ, उनले भने, ‘यसले गर्दा बहुपति प्रथा हटन नसकेको हो । सिमेनकी ट्याङ्गा लामाले यो चलन हट्न अझै समय लाग्ने बताइन् ।

Scour: khabarneplese . com

प्रकाशित मिति October 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस