no-image

काठमाडौ ।

कलाकार दीपकराज गिरीले सके शाकाहारी बन्न नसके खसी काटेको, मासु खाएको तस्बिर सामाजिक सञ्जालमा नराख्न सबैमा अनुरोध गरेका छन । दसैंको सन्दर्भमा फेसबुकमा

स्टाटस लेख्दै उनले पहिले आफू पनि मांसहारी भएको तर ८ वर्षयता शाकाहारी भएको उल्लेख गरेका छन । उनले आफू सानो छँदा माया गरी पालेको खसी दसैंमा काटिँदा रुने गरेको

पनि फेसबुकमार्फत बताएका छन । यस्ताे छ उनकाे अनुभव: सानो छँदा १० दिनअघि नै घरमा खसी आउँथ्यो । खसीसँग खेल्दा, खसीको कान निमोठ्दा, म्वाइँ खाने गर्दा खसीसँग एक

प्रकारको सामीप्यता महसुस हुन थाल्थ्यो । अष्टमीका दिन आफ्नैअगाडि त्यो खसी काटिँदा धेरै रून्थें म…पछि बिस्तारै ठूलो हुँदै गएँ, खसी काट्दा आफैं खुट्टा समाउन अघि सर्न

थालें….यसकाे मतलब बिस्तारै संवेदनाहीन हुँदै गएँ म । मासुबिना त दसैं नै हुँदैन भन्ने लाग्न थाल्यो, तर ८ वर्षअगाडि भगवानको आशीर्वाद भनौं वा चमत्कार ! मासुसँग बिस्तारै मोह

भंग हुन थाल्यो र म शाकाहारीमा परिणत भएँ…महसुस भयो मासुले दसैं रमाइलो भाको होइन रहेछ । दसैं आफैंमा रमाइलो पर्व रहेछ ! शाकाहारी भोजनमा पनि आनन्द आउँदोरहेछ ।

यसको मतलब मांसहारी भोजन गर्नु नै हुँदैन भन्ने अधिकार मलाइ छैन, सक्छौं, शाकाहारी भोजन गरौं, सकिन्न खसी काटेको, मासु खाएको फोटो चाहि पोस्ट नगरौं ! सम्पूर्ण

आदरणीय मित्रहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना ! यो वर्ष निश्चित दूरी कायम गरेर, आफ्नो परिवारसँग मात्रै टीकाटाला गरौं, सकुशल रह्यौं भने

आफन्तहरूसँग पछिपछि पनि टीका लगाउने मौका त आइहाल्छ नि होइन र ? सबैलाइ नमन !

प्रकाशित मिति October 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस