no-image

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने काेराेना संक्रमितहरुको निःशुल्क उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिडका बिरामीलाई भर्ना गर्दा रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेलाई उपचार नगरेको भन्ने जनगुनासो आएको भन्दै अबदेखि यस्ता कार्य नगर्न सम्पूर्ण

सरकारी,सामुदायिक,निजी,गैरसरकारी अस्पताल तथा मेडिकल कलेजलाई सूचित गरेको छ । उपचार गर्न नसक्ने स्वघोषण गरेको खण्डमा संक्रमितहरुको उपचार निःशुल्क हुने स्वास्थ्य

मन्त्रालयले स्पष्ट पारेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । जसमध्ये कोरोना जित्नेको संख्या १ लाख ११ हजार ६७० रहेको छ । हालसम्म ८४७ संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति October 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस