no-image

काठमाडौ ।

दागंमा फेरी अर्को अनौठो घटना सार्वजनिक भएको छ । दशैंको मुखमा चारवटा छोराछोरी छोडेर एक महिला हराएकी छन् । दागंको घोराही नगरपालिका वडा नंम्बर १२ मा एक

जना ३० वर्षकी महिला ४ छोराछोरी छोडेर हिँडेकी हुन् ।
एक सानी छोरी आमाको काखमै बस्ने उमेरकी छन् । ति सानी छोरी रातभरी आमा सम्झेर रुने गर्छिन । बुवाले सानी

छोरीको त्यस्तो अवस्था देखेर दुखी भएका छन् । दशैं मान्न ठिक्क पारेको पैसा र समुहवाट समेत ऋण समेत उठाएर गएको श्रीमानको दावी छ । आफु वैदेशिक रोजगारीमा बसेर

कमाएको पैसा समेत लिएर गएपछि अहिले दशैंमा छोराछोरीलाई एक छाक राम्रो खाना समेत खुवाउन नपाएको बताएका छन् । चन्द्रकला बस्नेत नाम गरेकी महिलाका श्रीमानले मोवाइलमा ४

वटा सिम प्रयोग गरेर ४ वटा इमो मार्फत फरक फरक पुरुषसंग कुरा गर्ने गरेको दावी गरेका छन् । उनी यस अघि पनि पटक पटक अन्य पुरुषसंग हिडेको र आफुले फर्काएर

ल्याएको बताएका छन् । गर्भवती अवस्थामा समेत हिडेकी श्रीमतिलाई बच्चाको कारणले फर्काएर ल्याएको बताएका छन् । यामबहादु बस्नेतले भने, मेरो सन्तानका लागि म ७ ठाउँमा गए

पनि फर्काएर ल्याउँछु भनेर ल्याएको हुँ । उनले भने मेरो माया नलागे पनि यति सानो छोराछोरीको माया लाग्नु पर्ने उनी भन्छन्, उसको पोइल जाने योजना हो, तर मलाई नै दोशी

देखाउने उसको योजना हो । आफुले अर्कैसंग विवाह गर्ने तर सम्बन्ध लुकाएर राख्ने । मैले अर्को विवाह गरेँ भने मलाई नै समस्यामा पार्ने उसको योजना हो, श्रीमान यामबहादुर भन्छन् ।

उनले मेरो नाम बेचेर सबै ठाउँवाट ऋण समेत लिएको बताएका छन् । पटक पटक यस्तै गर्दै आएकी हो, तर मैले फर्काएर ल्याएँ उनी भन्छन्, एक पटक आमा समुहले मिलाई

दिएका हुन्, एक पटक ७ महिनाको गर्भवती हिँडेकी थिइ । मेरो सन्तान मलाई चाहिन्छ भनेर फिर्ता ल्याएको हुँ उनले भने ।

प्रकाशित मिति October 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस