no-image

काठमाडौ ।

कोरोना संक्रमितको उपचार निशुल्क गर्न नसक्ने भनेर सरकारले हात झिक्न खोजेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

असन्तुृष्टी जनाएका छन् । नागरिकको उपचार पनि गर्न सकिँदैन भन्ने लागेको भए नैतिकताका आधारमा राजीनामा दिन प्रचण्डले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई

राजीनाका दिन सुझाव दिएका हुन् । नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले पनि विज्ञप्ती निकालेर कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णयमा आपत्ति जनाएका छन् । यस्तो

निर्णय तत्काल फिर्ता लिन मा गर्दै नेता नेपालले मंगलबार नै विज्ञप्ती निकालेका हुन् । सरकार दशैं पछि ढल्न सक्छ: माधव नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना

संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको उनले बताए । मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले कोरोना माहामरीका बेला नागरिकको

आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन् । यस्तै, नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि कोरोना

संक्रमितको उपचारमा सरकारले हात उठाउन नमिल्ने बताएका छन । कोरोना संक्रमितको उपचार राज्यको प्रमुख दायित्व हो । सरकार भनेको सबै जनताको अभिभावक हो, अभिभावकले

हात उठाएर पन्छिन मिल्दैन दायित्व लिनुपर्छ’ खनालले भने ‘सरकारले संविधानको पालना गर्नुपर्छ । संविधानमा मौलिक हक अन्तर्गत स्वास्थ्य सुविधा निःशुल्क पाउनुपर्छ भनेर उल्लेख

गरिएको छ । संविधानमा उल्लेखित मौलिक हकलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने भन्दै खनालले संक्रमितको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन । कोरोनामा हात उठाए सरकार फालिदिन्छौ: झलनाथ खनाल

प्रकाशित मिति October 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस