no-image

काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन फेसबुकमा सक्रिय छन । केन्द्रले उत्पादन गरेका आविष्कार लगायत जानकारी उनले फेसबुकबाटै सार्वजनिक गर्ने गर्छन् । आविष्कार

केन्द्रमा सामान जुटाउन सहयोगीहरूको विवरण, केन्द्रबाट गरिने सहयोगसँगै उनले फेसबुकमा व्यक्तिगत जीवनका सुख दु:ख पनि आफ्ना शुभेच्छुकलाई सुनाउँछन । आइतबार यस्तै एउटा

पोस्ट उनले गरेका छन । मैले नि यो वर्षको दसैंमा त नयाँ कपडा पायो बाई’ लेखेर उनले कोट पाइन्ट लगाएको फोटो राखेका छन । महावीरलाई उनका साथीभाइले राम्रो कपडा

लगाएन भनेर कचकच गरेका रहेछन । नयाँ कोट पाइन्ट लगा एर उनले साथीभाइलाई जवाफ दिएका हुन । आइतबार हामीले यसबारे महावीरसँग कुरा गर्यौं। उनले करिब ३२ वर्षपछि

आफूले नयाँ कोट पाइन्ट लगाएको बताए । ०४५ सालमा अमेरिका पढ्न जाँदा पहिलोपटक कोट लगाएको थिएँ, उनले भने, ‘धेरै वर्षपछि दसैंमा मैले नयाँ कपडा लगाएँको हुँ ।

उनले आइतबार दोस्रो पटक नयाँ कोट पाइन्ट लगाएको उल्लेख गरेका छन् । यो कोट पाइन्ट मलाई नै नापेर सिलाइदिएका हुन । पुरानो जडौरी होइन, उनले प्रष्टाएका छन ‘मेरो जीन्दगीको

यो दोस्रो नयाँ सुट पाइन्ट हो । तर उनले यो दसैंमा पनि जुत्ता भने नयाँ लगाएका छैनन । नयाँ कोट पाइन्टमा छ वर्ष पुरानो जुत्ता लगाएको पुनले बताए । महावीरले साथीहरूलाई

अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्न पनि आग्रह गरेका छन । धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरू

चुप लाग्नुहोस’ उनले भनेका छन, नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको वाचा पूरा गरें । उनले नयाँ कोट पाइन्ट आफैंले किनेको वा अरू कसैले उपहार दिएको हो

भन्नेबारे खुलाउन चाहेका छैनन । दसैंका बेला यो नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नु होला, उनले भने, केही महिनापछि मैले नै यसबारे बताउनेछु । महावीरले नयाँ

कोट पाइन्टले दसैं रमाइलो हुने भयो भन्दै आफैंमाथि व्यंग गरेका छन, ‘कहिलेकाहीँ त गल्लीको कुकुरको पनि दिन आउँछ भनेको यही होला !

प्रकाशित मिति October 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस