no-image

काठमाडौँ ।

कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकार आफै आइसोलेसनमा भएकाले अब केहि गर्न नसक्ने बताएका छन् । थापाले अब सरकारले संक्र’मितको संख्या गन्ने कामबाहेक केही गर्न नसक्ने पनि बताएका छन ।

कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नुपर्ने सरकारको पछिल्लो निर्णय आएसँगै थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । थापाले लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू !

यसरी हरेक दिन खुद्रा’खुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् ‘सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उप’रान्त सं’क्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।

सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरो’ना महामा’रीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको थियो ।

सरकारले अब विपन्न, अश’क्तलगायतको मात्र परी’क्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबे’होर्ने निर्णय आइतबारदेखि नै लागू भएको छ,

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको पछिल्लो निर्णयबारे जा’नकारी गराएका थिए । विज्ञहरूले भने महामारीका बेला को’भिड–१९

को उपचारका लागि शुल्क लिने सरकारी निर्णय गलत भएको भन्दै यसले डरलाग्दो स्थिति सिर्जना गर्ने चेतावनी दिएका छन । उनीहरूले नागरिकबाट परीक्षण र उपचार शुल्क लिने कार्य अमान्य भएको बताएका छन ।

प्रकाशित मिति October 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस