no-image

काठमाडौं ।

बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलीफाको टोली मनास्लु र लोबुचे हिमालको सफल आु रोहण गरी शुक्रबार स्वदेश फर्किएको छ । राजकुमार खलीफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले

त्रिभुवन विमानस्थलमा बिदाई गरेका हुन । सो अवसरमा राजकुमार खलीफाले हिमाल नै थाहा नपाएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यताबाट ज्यादै रोमान्चित भएको र नेपालमा नै बसौं–बसौं लागेको बताए ।

१ महिना ७ दिनको नेपाल बसाईको अनुभव मध्य पूर्वका जनतालाई बाढ्ने पनि राजकुमारले बताएका छन् । राजकुमार खलीफाले भने ‘नेपालप्रति मेरो यति लामो बसाईमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र

अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो।’ मन्त्री भट्टराईले नेपालका हिमाल आरोहण गरेर पुरै मध्यपूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार भएको भन्दै राजकुमार खलीफालाई आभार व्यक्त गरे ।

उनले बहराइनसँगको हवाई उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन पनि आग्रह गरेका छन । नेपालका हिमाल आरोहण गर्न राजकुमार खलीफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा

नेपाल आएको थियो । टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत् १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए । उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मीटर अग्लो लोबुचे हिमाल आरोहण गरेको थियो। प्रतिक्रिया दिनुहोस ।

प्रकाशित मिति October 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस