no-image

काठमाडौं ।

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक गुप्तचर प्रमुखको ‘इन्ट्री’ले देशभक्त नेपालीको मन कु“डिएको छ ।

नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग संवाद गर्नुपर्नेमा भारतको जासुसी संस्थाका प्रमुख सीधै नेपाल आएर प्रधानमन्त्रीसँग मध्यरातसम्म वार्ता गरेका छन ।

यसले कूटनीतिक मर्यादा र देशको स्वाभिमान ध्वस्त बनाएको भन्दै सत्तापक्ष र प्रतिपक्षका नेताहरूले कडा विरोध जनाएका छन । प्रधानमन्त्री केपी ओली र ‘रअ’ प्रमुख सामन्तकुमार

गोयलबीचको भेटवार्ताको योजना दुई साता अगाडिबाट भएको स्रोतको दाबी छ । स्रोतका अनुसार दुई साताअघि ‘रअ’का डेपुटी प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

उनी पनि प्रधानमन्त्रीकै चाहनामा नेपाल आएका थिए । भेटमा प्रधानमन्त्री ओलीले ‘तपाईंको प्रमुखसँग भेट्न चाहन्छु’ भन्ने प्रस्ताव गरेका थिए । उनले दिल्ली गएर यसबारे थप छलफल गर्ने बताएका थिए ।

नेपालका प्रधामन्त्रीले नै भेट्न चाहेका छन् भनेपछि ‘रअ’ प्रमुख वायुसेनाको जहाज चढेर दलबल सहित काठमाडौं आएका हुन । भारतीय वायुसेनाको ‘आइएफसी ४६२०’

उडानबाट बुधबार अपराह्न १ बजे काठमाडौं अवरण गरेका गोयललाई राति सवा ९ बजे बालुवाटारमा स्वागत गरिएको थियो । राति ९ः१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका

गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए । भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट सार्वभौम, स्वाभिमानी देशका लागि अँध्यारो पलको रूपमा दर्ज भएको छ ।

गुप्तचर संस्थाका प्रमुखले नेपालमा गुप्तचर वा अन्य सुरक्षा अंगका प्रमुखलाई भेट्नु अस्वाभाविक होइन । तर, उनी यसपालि सीधै नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न आएका हुन् ।

यो विषयमा मिडियामा समाचार प्रसार भएपछि प्रधानमन्त्री ओलीको सचिवा लयले भेटको पुष्टि गर्दै प्रेस नोट जारी गरेको छ । छिमेकी भारतले नेपालको सिमाना अतिक्रमण गरेकोमा नेपाली राष्ट्रियता उद्वेलित छ ।

नेपालको भूगोल फिर्ता गर्न र भारतसँग आत्मसम्मान पूर्ण संवाद अपरिहार्य छ । तर, त्यसका लागि नेपालका प्रधानमन्त्रीले आफ्ना समकक्षीसँग वार्ता गर्ने हो कि गुप्तचर प्रमुखसँग ?

यो विषयमा मिडिया र प्रतिपक्षले मात्र होइन, सत्तापक्षका नेताहरूले पनि प्रश्न उठाएका छन् । आजको नया पत्रिकामा कभर स्टोरीमा लेखिएको छ ।

प्रकाशित मिति October 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस