no-image

काठमाडौं ।

केही हप्ता अगाडि इन्द्रेणी कार्यक्रममा दोहोरी गाएर रातरात चर्चामा आएका जोडी प्रखर वक्ता रमेश प्रसाईं र गायिका कल्पना दाहालको ताजा अन्तर्वाता एक्सेेन नेपाल टिभीमा

सार्वजनिक भएको छ । रमेश प्रसाईंलाई सामाजिक सञ्जालमा सक्रिय बनाउन उल्लेखनीय भुमिका निभाएका प्रसाईंका आत्मिय मित्र जीवन बिष्टले अन्तर्वार्ता लिएका हुन् । इन्द्रेणीमा गाएको

दोहोरी भाइरल बनेपछि गायिका कल्पना दाहालको चर्चा चुलिएसँगै रमेश प्रसाईंसँग नाम जोडेर विवाहका अनेकथरि शिर्षकमा समाचार र भिडियोहरु बाहिरिएको छ । तर, यी

जोडीले विवाहको कुरा दोहोरीमा मात्र सिमित रहेको स्पष्ट पारेका छन् । मन मिलेमा विवाह असम्भव नभएपनि अहिले चाहिँ हल्ला मात्र रहेको रमेश प्रसाईं बताउँछन । एबिसी

टेलिभिजन र युट्युबबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम इन्द्रेणीमा पछिल्लो समय रमेश प्रसाईं पनि सदस्यका रुपमा भित्रिएका छन् । हेर्नुहोस यो रमाईलो कुराकानी को भिडियो ।

प्रकाशित मिति October 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस