no-image

काभ्रे ।

नेकपा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज तथा पुर्व मन्त्री गोकुल बास्कोटाले नेकपा समुन्द्र जस्तै भएकाले थोपा थोपा थपिएर विशाल समुन्द्र बन्ने अभियानमा जुटेको बताउनु भएको छ ।

नेताहरुले बाटो विराए भने पनि कार्यकर्ताहरु दाँयाबाँया हुनु हुँदैन, नेता बास्कोटाले भन्नुभयो: नेता र कार्यकर्ता सबै गगंटो जस्तो नभई माछा जस्तै बन्नु पर्छ । पार्टी एकिकरण भएको

लामो समयसम्म जिल्लामा बैठकसम्म बस्न नसकेको प्रति नेता बास्कोटाले आफै इन्चार्ज भएकाले त्यसको अपजस कति लिनु पर्ने हो ? त्यति लिने बताउँदै पार्टी भित्रै निषेधको राजनीति

गर्ने जो कोहि भए पनि कार्यकर्ताहरुले बाँकी नराख्ने बताउनु भयो । आफ्नै गृह नगर मण्डनदेउपुर नगरपालिकाबाट नेपाली कांग्रेसको वडा उप सभापति सहित दर्जनौ नेता कार्यकर्तालाई

नेकपामा प्रवेश गराउँदै नेता बास्कोटाले भागबण्डा नमिल्दा जिल्लाको एकिकरणको कार्यमा सुस्तता आएको बताउनु भयो । नेतृत्वले गलत कुरा सच्याउन जरुरी छ । नेता बास्कोटाले

भन्नुभयो–‘पार्टी र संगठनलाई मजबुत नबनाउँदा समेत पार्टी कामले गति लिन सक्दैन । पार्टी पोखरी नभई समु्न्द्र भएकाले पौडन जान्नु पर्छ । ५/७ वर्ष भित्र काठमाडौको भन्दा धेरै

विकास काभ्रेमा हुने बताउँदै पुर्व मन्त्री बास्कोटाले १ सय ४६ वर्ष देखि नेपालको नक्सा र अतिक्रमण भएको भूमिका बारेमा बोल्न नसकेको अवस्थामा केपी ओली नेतृत्वको सरकारले

नक्सा जारी गरी भूमि फिर्ताको काम शुरु गरेको बताउनु भयो । जिल्लाका अधिकांश स्थानीय सरकार मार्फत संघ र प्रदेश सरकारको बजेट विनियोजन भई महत्वपूर्ण आयोजना संचालन

भइरहेकाले नागरिकहरुको तर्फबाट आयोजनाको अनुगमन, ब्यवस्थापन र समयमै सम्पन्न गर्ने कुरामा खवरदारी गर्न पुर्व मन्त्री बास्कोटाले अनुरोध गर्नु भयो ।

प्रकाशित मिति October 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस