no-image

विगत ५ बर्षदेखि कलाकार दिपकराज गिरी र उनको टिमले घरमै बसेर परिवारसँग कुनै दबाबविना दशैं मनाउन पाएको थिएन। तर, यसपटक भने दिपक र उनको टिमले पूर्ण समय परिवारलाई दिन पाएका छन । विगत ५ बर्षदेखि दिपक र

उनको टिमले बनाएको चलचित्र दशैं र यसको सेरोफेरोमै रिलिज भयो । दशैंको समयमा प्रचार, हल मिलाउने राजनीति, चलचित्रको काम, चलचित्र रिलिजपछि हरेक दिन हलको दौडधुप । यसरी नै वित्यो ५ बर्षको । तर, यसबर्ष दशैंमा

दिपकराजको नयाँ चलचित्र रिलिज भएन । हल बन्द भएकाले पनि यसबर्षको दशैंमा हलसम्मै पुगेर चलचित्र हेर्न दर्शकले पाउने छैनन । तर, सामाजिक संजालमा दशैंमा ‘छक्का पन्जा’को सिरिज रिलिज नहुँदा केही कुरा मिस भएको भन्ने

खालका तर्कहरु देखिने गरेका छन । दिपकराज भन्छन:- हामीले पनि दशैं भनेकी ‘छक्का पन्जा’ भनेर बसेको केही बर्ष भयो। ५ बर्षदेखि एउटै दिनचर्या भएकाले पनि मिस नहुने त कुरै हुँदैन । तर, दिपक कोरोनाले नाम र दाम क्षणिक

भएको र परिवार नै सवथोक भएको पाठ मानिसलाई सिकाएको बताउँछन । दिपकले अनलाइनखबरसँग भने–एउटा कुरा के हो भने, हलको आनन्द घरले दिदैन, घरको आनन्द हलले दिदैन। तर, हामी भौतिकवादी भैसकेका थियौं ।

पैसा कमाउने धुनमा दशैं मनाइदिनुपर्छ भनेर मनाइरहेका थियौं। परिवारलाई समय दिनुपर्छ भनेर दिइरहेका थियौं । परिवार र घरसँगको सम्बन्ध निकै कमजोर भैसकेको थियो । पैसा थुपार्ने प्रतिस्पर्धामा परिवार जसरी विखण्डित भैरहेको थियो, त्यो

आफैमा डरलाग्दो कुरा थियो । दिपकले अगाडि भने–‘मैले हल मिस गरेपनि यतिबेला कुनै दबाबविना परिवारसँग दशैं मनाउन पाइरहेको छु। हरेक बर्ष सेड्यूल नै जस्तो बनाएर दशैंमा हाम्रै चलचित्र आउनुपर्छ भन्ने पनि छैन । सायद, कोरोना कारण

२–३ बर्ष हाम्रो चलचित्र आउँदैन होला । यसले कमसेकम हामीले स्क्रिप्ट बलियो बनाउन पाएका छौ । अर्को बर्षको दशैंमा चलचित्र आउँछ नै भन्न नसकिने दिपकको भनाई छ । नेपाली चलचित्रको इतिहासमा सर्वाधिक ग्रस कलेक्शन गरेका

‘छक्का पन्जा’का ३ सिरिज दशैंकै वरिपरी रिलिज भएका थिए । यसैले, दिपकराज र उनको टिमको चलचित्रलाई दर्शकले मात्र होइन प्रदर्शक र चलचित्रकर्मीले पनि मिस गर्छन । अर्को बर्षको दशैंमा पनि चलचित्र आउने कुरालाई दिपकले

नकारेका छन । उनले भने–‘मेरो यो दशैंमा चलचित्र आएन त के भयो ? अर्कोपछि पनि दशैंमा मैले चलचित्र ल्याउनैपर्छ भन्ने दबाबमा काम गरेको छैन। अहिले चलचित्रको काम सुरु गर्नु भनेको ताप्के नतात्नु, विड तात्नु भने जस्तै हो । अनलाइन खबर बाट

प्रकाशित मिति October 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस