no-image

हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), ६ कात्तिक । कोरोना संक्रमण महामारीको कारण विगत ७ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमा नाका भारत सरकारले एकतर्फी खोलेपछि सीमामा तनाव बढेको छ ।

दसैं, दीपावली तथा छठ पर्वलाई मध्य नजर गर्दै भारत सरकारले नेपालसँग जोडिएका सीमा नाका विहीबारदेखि खोलेको हो । तर, नेपालतर्फ भने कात्तिक ३० गतेसम्मका

लागि सीमा नाका बन्दनै रहने छ । आज एका विहानैदेखि भारतबाट नेपाल प्रवेश गर्नेहरुको संख्या बढेपछि उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाउन सुरक्षाकर्मीहरुलाई धौधौ परेको थियो ।

भारत सरकारले सीमा खोलेको खबर थाहा पाएपछि नेपाल प्रवेशहरुको लर्को लागेपछि सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाउन खोजेपछि तनाव सिर्जना भएको थियो । सीमा क्षेत्रमा

रहेको इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक रन्जन सिंहले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई रोक लगाउनमा समस्या भइरहेको बताए । उनले भारत सरकारले एकतर्फ नाका

खोलेमने तर, नेपालको नाका बन्द नै रहेको हुनाले भारतबाट नेपाल प्रवेश गर्नेहरुको संख्या बढेको बताए । उनका अनुसार भारतबाट आउनेहरुलाई रोकेर फर्काउन थनलेपछि तनाव सिर्जना

भएको समेत बताए । भारतबाट आउनेहरुले नाका खुलिसकेकोले आवतजावतमा रोक लगाएर किन दुःख दिने कार्य भइरहेको भन्दै उल्टै प्रहरीमाथि नै जाइलाग्ने गरेको बताए ।

नेपाल तर्फको नाकामा आइपुगेका भारतीयहरुलाई नेपाली सुरक्षाकर्मीले रोकेपछि भारतीय नागरिकहरुले इन्धन लिन रक्सौल डिपोमा पुगेको नेपाली टयाङकरलाई केहीबेर अवरोध समेत गरेका थिए ।

नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार कात्तिक ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार

भारत सरकारले आफनो तर्फको नाका खोलेपनि, नेपाल तर्फको नाका कात्तिक ३० सम्म बन्द रहेकाले उक्त अधवधिसम्म सीमा नाकाबाट कसैलाई पनि आवतजावत गर्न नदिइने बताए ।

नेपालतर्फ नाका बन्द रहेकोले बिहीबार उत्पन्न भएको तनावलाई मध्यनजर गर्दै यसलाई अझ व्यवस्थित गर्नका लागि बिहीबारदेखि थप सुरक्षाकर्मी तैनाथ गरिएको प्रजिअ तामाङ्गको भनाइ छ ।

उनका अनुसार नेपाल सरकारको निर्देशन विना सीमा नाकाबाट आवत जावत गर्न नदिइने भन्दै प्रजिअ तामाङ्गले औपचारिक रुपमा कोही नेपाली नागरिक, भारतबाट नेपाल आउन चाहे स्थानीय प्रशासनको अनुमति लिएर आउन सक्ने बताए ।

प्रकाशित मिति October 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस