no-image

काठमाडौ ।

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र उहाँकी पत्नी तारा मानन्धरमा कोरोना संक्रमण देखिएको छ ।

बास्कोटाले आफू र तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

बिहीबार बाँस्कोटाले आफू र श्रीमतीलाई कोरोना पोजेटिभ भएको सञ्जाल फेसबुक र ट्वीटरमार्फत जानकारी दिनुभएको हो। उहाँले आफूले पछिल्लो १० दिनदेखि कसैसंग भेटघाट नगरेको बताउनुभएको छ ।

बास्कोटाले आफूलाई कुनै लक्षण नभएको तर श्रीमतीलाई भने लक्षण देखिएको जनाउनुभएको छ । उहाँले आफ्नो दुई छोराको रिपोर्ट भने निगेटिभ आएको बताउनुभएको छ ।

बास्कोटाले ट्वीटरमा भन्नुभएको छ, ‘मलाई पनि पोजेटिभ देखियो।तर राम्रो के भने बितेको दश दिन यता मैले कसैलाई भेटेको छैन।मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित।दुबै छोरालाई नेगेटिभ देखिनु चै धेरै राम्रो। सुरक्षीत रहौ।’

प्रकाशित मिति October 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस