no-image

दुई छोराकी आमा भर्खर जुँगाको रेखी बसेको तन्नेरीसँग चक्कर चलाउँछिन । कुनै ४० वर्षकी महिला २० वर्षको युवासँग रोमान्स गर्छिन । यस्तो सम्बन्धको नियत के हुन्छ रु अर्थात्त्र

हो तरु श्रीमान् विदेशमा हुने, श्रीमान्को माया नपाउने, असन्तुष्ट र कुण्ठित महिलाहरूले यस्तो सम्बन्ध राखेको पाइएको छ। उता तन्नेरीहरूका आफ्नै कथा छन । उनीहरू आन्टी’ हरूसँग फस्नुका कारण अनेक छन ।

कसैका लागि यो एकप्रकारको रोजगारी हो, कसैका लागि आर्थिक संकट हल गर्ने उपाय। अनि, कसैका लागि परिपक्व महिलासँग देहयात्राको आनन्द। यस्तो सम्बन्ध राख्ने प्रवृत्ति किन बढ्दै छ समाजमारु अनि यसका जटिलता के–के हुन्रु अम्मर

जिसीले केलाउन खोजेका छन । केस नं १ काठमाडौँका २३ वर्षीया जनम परिवारले बिहेको कुरा झिक्यो कि सुइँकुच्चा ठोक्छन । अरू विषयका पारिवारिक छलफलमा उनी सहभागी हुन्छन । तर, बिहे भन्नासाथ उनको सातो जान्छ ।

कारण, उनी आफूभन्दा झन्डै दोब्बर उमेरकी महिलासँगको प्रेममा फसेका छन । एक प्रहरी निरीक्षककी ४२ वर्षीया श्रीमतीको मायाजालमा परेका जनमलाई अहिले यो सम्बन्ध निल्नु न ओकल्नु भइरहेको छ ।

भन्छन पहिले बिहे भएको र दु–दुइटा छोराकी आमा हो भन्ने थाहै भएन। आँखा चिम्लेर लभ गरियो। अहिले उम्किनै गाह्रो भा’छ।’उनका श्रीमान् प्रायः घरबाहिर हुने र उनको खासै पर्वाह नगर्ने भएकाले उनी आफूसँग लहसिएकी जनम बताउँछन ।

साढे तीन वर्षमा करिब सात लाख रुपैयाँ सहयोग पाइसकेँ । केस नं २ शंखमूल, काठमाडौँका २४ वर्षीय विवेकको जिन्दगी ऐसआरामसाथ बितिरहेको छ । कामधन्दा, रोजगारी केही छैन । दिनभरि घरतिरै बरालिने वा साथीभाइसँग डुल्ने गर्छन ।

यद्यपि,उनलाई आर्थिक संकट कहिल्यै पर्दैन । चितवनस्थित बा–आमालाई पनि गुहार्दैनन् उनी । आयआर्जनको अर्कै स्रोत जुटाएको छु, उनी भन्छन्, ‘एउटा सुड्डी–फ्रेन्ड छे मेरो ।

म भनेपछि हुरुक्कै हुन्छे। पैसाको बन्दोबस्त उसैले गर्दिन्छे। जति मागे पनि ‘छैन’ भन्दिन । आनन्दै छ मलाई । कमला नामकी ४६ वर्षीया महिलासँग उनको ‘चक्कर’ छ । उनको

घर विवेकको डेराछेउ छ। कमलासँग किरानापसलमा भेट भएको र एक महिनाको हाई–हेलोपछि सम्बन्ध सुरु भएको विवेकले बताए।कमला एक छोरा र एक छोरीकी आमा हुन्। उनका श्रीमान् दुबईमा छन ।

छोराछोरी स्कुल पठाएपछि मलाई फोन गर्छे, विवेकले आफ्नो ‘ड्युटीआवर’ बारे सुनाए, ‘त्यसपछि म उसको घर जान्छु। र, ४ बजेसम्म उतै बस्छु प्रायः कमलाले विवेकका सम्पूर्ण आर्थिक समस्या टारिदिने गरेकी छन ।

पेट्रोल खर्च, मोबाइल रिचार्ज, पकेटमनी सबैथोकको जोहो कमलाले नै गर्ने गरेको विवेकले बताए । एसएफ ९सुड्डी फ्रेन्ड० को आवश्यकता मैले पूरा गर्दिन्छु, मेरो

आवश्यकता उसले, विवेकले भने, मसँग हुँदा त बूढीमाउ फेरि टिनएजमा फर्केझैँ लाग्छ भन्छे । केस नं ३ काठमाडौँ, सुकेधाराका अविनाश प्रायः बागबजारमा भेटिन्छन ।

प्रकाशित मिति October 21, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस