no-image

काठमाडौ ।

पूर्व सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल सरकारको प्रवक्ता भएको बेला लागेको आरोपलाई खण्डन गर्दै नेपाल सरकार र जनताको एक सुको

पनि गडबडी नगरेको र प्रमाणित भए जस्तो सुकै सजाय भोग्न पनि तयार रहेको बताउनुभएको छ । सामाजिक सञ्जालबाट ७० करोडको उपनाम पाएका पूर्व सञ्चारमन्त्री एवं नेकपा नेता

गोकुल बास्कोटाले नेपाल पत्रकार महासंघ यूरोप शाखाले गरेको अन्तरक्रिया कार्यक्रमको ३० औं शृंखलामा उक्त कुरा बताउनु भएको हो । यूरोप बसाईको क्रममा रहेका नेपालका पत्रकार

दिल निशानी मगरले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा प्रश्न गरेपछि कार्यक्रम

एकदमै रोचक र घोचक बन्न पुगेको थियो । पत्रकार मगरको जवाफ फर्काउदै सरकारका पूर्व प्रवक्ताले देश र जनताको एक सुको पनि गडबडी नगरेको दावी गर्नुभएको हो । उहाँले

चुनौतीका साथ भन्नुभयो, ‘कुनै गडबडी र गलत काम गरेको भए सार्वजनिक जीवन र राजनीति त्याग्छु । यतिखेर मुद्दा चलिरहेको र अनुसन्धान गर्नकै लागि सजिलो होस् भनेर

पदबाट पछि हटेको पूर्वमन्त्री तथा प्रवक्ताले पत्रकारहरुको सामुन्ने बताउनुभएको छ । पूर्वमन्त्री बास्कोटालाई उक्त आरोप लागेको धेरै समय भइसके को छ । अदालतमा यतिखेर दोहोरो

मुद्दा चलिरहेको छ पूर्वमन्त्री बास्कोटाले विजय मिश्रविरुद्ध पनि मुद्दा दायर गरिसक्नुभएको छ । विजय मिश्रले पूर्वमन्त्री बास्कोटासँग गरेका संवादमा लामो समयसम्म बार्गेनिङ्ग गरेपछि

सार्वजनिक गरेको बुझिन्छ । यदि विजय मिश्रले दिएको अडियोलाई ईडिट गरेको प्रमाणित भएमा उनी आफै पनि अप्ठ्यारोमा पर्न सक्छन् । यूरोप लगायत अन्य क्षेत्रका

पत्रकारहरु उपस्थित रहेको फेसबुक लाइभ कार्यक्रमा संसारभरमा ७० करोडको विषयमा थुप्रै प्रश्नहरु आएका थिए । पत्रकारहरुले उहाँलाई विभिन्न विषयमा प्रश्नहरु गरेका थिए । कार्यक्रममा

नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई र सदस्य राज कुमार थापाले सञ्चालन गर्नुभएको थियो । पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी र कोरिया

शाखाका अध्यक्ष रन्जन राज कुंवर, दुबईबाट मेघराज सापकोटा, पोर्चुगलबाट राज कुमार थापा, अष्ट्रियाबाट रविचन्द्र भट्टराई, पोल्याण्डबाट शेर बहादुर परियार, नेदरल्याण्डबाट द्रोण

रिजाल, नर्वेबाट प्रेम परियार र युरोपबाट दिल निशानी मगरले पूर्वमन्त्री बास्कोटालाई बिबिध प्रश्न गर्नुभएको थियो ।

प्रकाशित मिति October 20, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस