no-image

काठमाडौं

सिभिल अस्पतालमा कोरोना संक्रमितले नगद जम्मा गरेपछि खाना खान पाउने भएका छन्। अस्पताल प्रशासनले जारी गरेको सूचना अनुसार संक्रमितले क्यान्टिनमा अग्रिम नगद जम्मा गरेपछि मात्र खाना पाउने भएका हुन्।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार कोरोना सङ्क्रमण भई उपचारत बिरामीहरुले कार्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामीले स्वयंले व्यहोर्नुपर्ने जानकारी गराइन्छ’

जारी सूचनामा भनिएको छ, ‘साथै खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने जानकारी गराइन्छ।’सरकारले कार्तिक दुई गते सङ्क्रमितको उपचार सङ्क्रमित आफैले तिर्नुपर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति October 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस