no-image

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएपछि पीसीआर परीक्षणका लागि आजै स्वाब दिनुभएका मन्त्री नेम्बाङको कोरोना पोजेटि रिपोर्ट आएको हो ।

कोरोना पोजेटिभ आएपनि उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको मन्त्री नेम्बाङका प्रेस संयोजक सन्दीप राईले बताउनुभयो ।

‘केहिसमय यता कोरोनासँग मिल्ने लक्षण देखिएपछि आज पीसीआर परीक्षण गर्दा काेराेना पोजेटिभ रिपोर्ट आएको छ, उहाँ अहिले मन्त्री क्वाटरमै होम आइसोलेशनमा बस्नुभएको छ’ – संयोजक राईले भन्नुभयो ।

त्यस्तै मन्त्री नेम्वाङले पनि समामाजिक संजाल फेशबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताउनुभएको छ । उहाँले पछिल्लो समय आफूसँग सम्पर्कमा आउने सबैलाई स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति October 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस