no-image

काठमाडौँ ।

लोकप्रिय हाँस्य कलाकार, लेखक तथा निर्देशक शिबहरि पौड्याल मुखमा हानु जस्तोकी आमाको निधन भएको छ ।

बरिष्ठ कलाकार पौड्यालकी आमाको आइतबार राती ११ वजेर ०९ मिनेटमा १ सय वर्षको उमेरमा निधन भएको हो ।

आमाको मृत्युपछि कलाकर पौड्यालले फेसबुकमा जानकारी दिँदै मर्मस्पर्शी स्टाटस पोष्ट गरेका छन् । उनले भनेका छन् दुखद् खवर लेख्न वाध्य भएं आमा ।

एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो,

त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा

हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला ।

प्रकाशित मिति October 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस