no-image

काठमाडौ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको चरणमा लम्पसार परेको आरोप लगाएका छन । ओलीले संघीयताको मर्म र भावनाअनुसार काम नगरे पनि

हिजोका माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार परेको भट्टराईको भनाइ छ । प्रधानमन्त्री ओलीले प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हुन् भनेजसरी

व्यवहार गरेको र उक्त अभिव्यक्ति शनिबार बालुवाटारमा कर्णाली प्रदेशका पार्टीका नेतासँग बताएको खबरहरू सार्वजनिक भइरहेका बेला भट्टराईले उक्त टिप्पणी गरेका छन ।

प्रदेशका नामाकरणमा पनि भट्टराईले यसअघिदेखि नै आपत्ति जनाउँदै आएका थिए । तत्कालीन माओवादीले भनेजस्तै जातका आधारमा प्रदेशको नाम हुनुपर्ने भट्टराईको भनाइ छ।तर

प्रदेशका नाम गण्डकी, बामगती, कर्णाली तथा लुम्बिनी राखिएकोमा भट्टराईले यस्तो हुनुमा प्रधानमन्त्री ओलीको आदेश रहेको आरोप लगाएका छन ।

ओली उवाच-‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’! अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो!,’ आइतबार ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘त्यसैले त

बालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन । नेकपा अध्यक्षसमेत रहेका ओलीको कार्यशैलीप्रति पहिलेका माओवादीले फरक मत नराखेकोप्रति

भट्टराईले व्यंग गर्दै थपेका छन्, ‘तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार ! पछिल्लो समय बूढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार

भएको र त्यो रकम नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँडेर खाएको भट्टराईले आरोप लगाएपछि एकअर्का

नेताप्रति लक्षित गरेर टिप्पणी भइरहेका छन । भट्टराईको उक्त आरोपमा प्रधानमन्त्री ओलीले हालै जवाफ दिइसकेका छन । उनले गैरजिम्मेवार अभिव्यक्ति नदिन र जनतालाई भ्रममा नराख्न भट्टराईलाई आग्रह गरेका थिए।

नेकपा र नेपाली कांग्रेसले पनि बेग्लाबेग्लै विज्ञप्ति निकालेर यसबारे प्रमाणित गर्न भट्टराईलाई चुनौती दिएका थिए ।

तर भट्टराईले सडकमा प्रमाण दिँदै नहिड्ने र त्यसबारे छानविन गर्न उच्चस्तरीय निष्पक्ष समिति गठन गरिनुपर्ने माग गरिरहेका छन ।

प्रकाशित मिति October 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस