no-image

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकासमा केन्द्रित रहेको बताउनुभएको छ ।

आज झापाको दमक नगरपालिकामा दमक अस्पताल भवनको भर्चुअल माध्यमबाट शिल्यान्याश गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो ।

उहाँले नयाँ रेल ल्याइसकेको, पूर्वपश्चिम रेलको तयारी भएको, तुइन विस्थापन लगायतका काम भएको दावी गर्नुभयो । सरकारले कुरामात्र नगरेको र काम पनि गरेको भन्दै प्रधानमन्त्री ओलीले राम्रा कामबाट आत्तिएकाहरुले नकारात्मक अफवाह फैलाउने गरेको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागिपरेको समेत बताउनुभएको थियो ।

प्रकाशित मिति October 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस