no-image

महोत्तरीमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकालाई उपचार गर्न आर्थिक अभाव भएको छ । गत असोज १ गते अपरान्ह करिब ४ बजे जलेश्वर भिठामोड सडक खण्डमा मोटरसाईकल

ठक्करले घाइते भई हाल विराटनगर स्थित विराट नर्सिंग होममा उपचाररत जलेश्वर नगरपालिका वडा नं. ३ का मोहम्मद मुर्तजा अन्सारीका छोरा ३ वर्ष ६ महिनाका सरिफ अन्सारीको उपचारमा रकम अभाव भएको हो ।

मोटरसाईकल ठक्करले बालकको मस्तिष्कमा चोट लागि रगत समेत जमेको,छातीको देव्रे भागमा गम्भिर चोट लागेको र कम्मरमा क्रयाक भएको अवस्थामा उनी उपचाररत छन ।

असोज १ गते ज८प १८९३ नं.को मोटरसाईकलले वालकलाई ठक्कर दिदा घाईते वालकलाई तत्कालै जलेश्वर अस्पताल र पछि जनकपुर स्थित काव्या अस्पताल र त्यहा समेत उपचार सम्भव नभएपछि विराटनगर लगिएको थियो ।

वच्चालाई हाल केहि दिन देखि ज्वरो समेत आएप्छि उनको अवस्था पुनः गम्भिर हुदै गएकोमा थप उपचारको लागि अन्यत्र लग्नु पर्नेमा घाईते वालकको परिवारलाई आर्थिक संकट परेको छ ।

बालकका काका मोहम्मद मुस्तफाले वच्चाको उपचारमा हालसम्म ९ लाखसम्म खर्च भैसकेको र सो रकम समेत विभिन्न व्यक्तिसंग सर सापटी लिएर बालकको उपचारमा लगाएकोमा

अव कतैबाट सरसापटी समेत पाउने आश नभएको र घरकै आर्थिक अवस्था अत्यन्त नाजुक रहेकोमा आफ्नो भतिजोलाई वचाईदिन जनमानसमा आग्रह गरेका छन ।

बालकको वुवा हाल वैदेशिक रोजगारीमा मलेसियामा रहेकोमा उनले समेत कमाएको सवै रकम वच्चाको उपचारमा लगाईसकेको र अव त्यहाबाट समेत रकमको जोहो हुने सम्भावना न्युन रहेको वेला

अस्पतालमा तिर्नु पर्ने बक्यौता रकम र थप उपचारमा लाग्ने खर्च रकम अभाव भएको हो । यता पिडक पक्षबाट समेत हालसम्म उपचारमा कुनै सहयोग नपाएपछि घाईते बालकको घरबाट दुर्घटना गराउने उपर मुद्दा समेत दर्ता गराएकोमा उक्त कार्य समेत अदालती निर्णयको पर्खाईमै छ ।

होत्तरीका एसपी टिका प्रसाद केसीले दुर्घटना गराएको व्यक्तिबाट तत्काल सहयोग हुने अवस्था नदेखेपछि मुद्दा प्रकृया मार्फन नै घाईतेको क्षतिपुर्ति भराउने प्रयास रहेको वताएका छन ।

हाल पिडित परिवारसंग कुनै वैंकमा खाता नम्वर नरहेकोमा घाइते बालकका काका मोहम्मद मुस्तफालाई ९८१७६४२७८५ मा सम्पर्क गरेर सहयोग गर्न सकिने छ ।

प्रकाशित मिति October 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस