बाबुरामलाई ओलिको कडा जवाफ: गैरजिम्मेवार अभिव्यक्ति भ्रम नफैलाउनुस

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनाका सम्बन्धमा दिएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण भएको बताएका छन । नेपाल प्रहरीको ६५ औँ

प्रहरी दिवसमा अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गरेका हुन ।

नेपाल सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अगाडि बढेको उनले बताए । ‘हुन त केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु ।

ओलीले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको कार्यआरम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान

प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाएँ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु । यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार हुन । नेकपा अध्यक्षसमेत रहेका ओलीले

देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, गलत बाटोमा लाग्ने कुचेष्टा हर्कत नगर्ने बताए । अभिव्यत्ति एउटा कुरा हो । तर, हामी त्यस्तो गैरजिम्मेवार अनुत्तरदायी हुन सक्दैनौँ ।

उनले भने, देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, भड्काएर गलत बाटोमा लाने कुचेष्टाहरु, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं । हामी सत्य, निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौँ ।

उनले नेपाल सरकारले लिएको शून्य सहनशीलता अपराध विरुद्धको र भ्रष्टाचार विरुद्धको भएको स्पष्ट पारे। उनले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र यसको कार्यान्वयन

अनुसन्धानका निकाय, शान्ति सुरक्षाका निकाय, प्रहरीको भूमिका हुने धारणा राखे । गोरखामा पुगेर भट्टराईले बहालवाला प्रधानमन्त्री, पूर्व

प्रधानमन्त्रीहरु र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

यसअगाडि विज्ञप्ति सार्वजनिक गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी परियोजनामा अर्बौ रकम घुस लिएको

भनी लगाएको आरोपको खण्डन गरेका थिए । उनले यो आरोपलाई आधारहीन, झुठ, कपोकल्पित एवम् दूरासयपूर्ण रहेको बताएका छन् ।

प्रकाशित मिति October 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस