no-image

काठमाडौँ ।

रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले पूर्वी पाल्पाको भूगोललाई लुम्बिनी प्रदेशबाट हटाएर गण्डकी प्रदेशमा मिलाउनुपर्ने माग गर्नुभएको छ ।

उहाँले राजधानीका लागि भूगोलका हिसाबले भालुबाङसम्मको दूरी पूर्वी पाल्पाको विकासका लागि बाधक बन्ने दाबी गर्नुभयो । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा कुरा

गर्दै मेयर थापाले पूर्वी पाल्पासहित गण्डकी प्रदेशसँग जोडिएको कालीगण्डकी उपत्यकालाई गण्डकी प्रदेशमा नै मिलाइनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक व्यक्तिले छिमेकीसँग

मिल्न चाहन्छ, छिमेकीसँगको चालचलन र रहनसहन अपनाउन चाहन्छ, पूर्वी पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकासहितको कालीगण्डकी उपत्यकालाई एउटै प्रदेश (गण्डकी) मा मिलाइनुपर्छ ।

उहाँले हिजो बुटवलमा अस्थायी मुकाम तोकिँदा पनि पूर्वी पाल्पाले गण्डकी प्रदेशमै मिल्न चाहेको र त्यसका लागि दबाब पनि सृजना गरेको स्मरण गर्नुभयो ।

यो माग हिजो पनि नउठेको होइन, उठेको हो तर सफल भएन अहिले त झन भालुबाङ राजधानीको कुराले हामीलाई झनै टाढा बनाएको छ, हाम्रा लागि अत्यन्तै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ’ उहाँले भन्नुभयो ।

मेयर थापाले अघि भन्नुभयो, हुन त हिजो रकुम रोल्पाका साथीहरुलाई पनि बुटवल आउन अप्ठ्यारो थियो होला तर जो पनि मानिसहरुले छिमेकीसँग जोडिएर बस्न चाहेको हुन्छ ।

हिजो रुकुम रोल्पाको जस्तै आज रामपुर र निस्दी गाउँपालिकाका भागहरु दूरदराजमा परेका छन, यो पूर्वी पाल्पाको विकासका लागि बाधक हो ।

मेयर थापाले रामपुर र निस्दीसहितका क्षेत्रहरु समेटिएको कालीगण्डकी उपत्यकालाई एउटै उपमहानगर बनाएर बृहत योजनासहित विकास गर्न सकिने बताउनुभयो ।

कालीगण्डकी उपत्यका बृहत योजना अन्तगर्तको उपमहानगर बन्न सक्ने भूगाल र श्रोत साधनयुक्त भएकोले कालीगण्डकी बेसी एउटै प्रदेश हुनुपर्ने उहाँले बताउनुभयो ।

यो मेरो व्यक्तिगत चाहना मात्रै होइन, सिंगो रामपुरका बासिन्दाको माग पनि हो’ थापाले भन्नुभयो, ‘भालुबाङ र रामपुर नगरपालिका धेरै टाढा परेको छ । भालुबाङ राजधानी

भयो भने रामपुर क्षेत्रको विकास पूरै ओझेलमा पर्छ, हामीलाई पोखरा राजधानी भयो भने धेरै सजिलो हुन्छ । उहाँले पूर्वा पाल्पालाई गण्डकी प्रदेशमा मिसाउनका लागि आफूहरुले

छलफल तीव्र पारेको पनि जानकारी दिनुभयो । हामी सबैसँग समन्वय गरिरहेका छौँ, अब छिट्टै हस्ताक्षर अभियान चलाएर दबाब सिर्जना गर्छौँ’ उनले भने ।

प्रकाशित मिति October 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस